गुठी संस्थानकाे ६०आ‌‌ै बार्षिकाेत्सव कालीका गुठी देशमै उत्कृष्ट

-


     राजेशचन्द्र राजभण्डारी     
     कार्तिक १७ गते २०८० मा प्रकाशित


काठमाडौ  ,गुठी ऐन समयमै नआएको कारण अस्तब्यस्त बन्दै गएको गुठी संस्थानले ठूलो समस्याका बिच संस्थानकाे ६० आ‌ैं बार्षिकाेत्सव एक कार्यक्रम बिच काठमाडौं त्रिपुरेश्वरमा सम्पन्न भएको छ ।अहिले जताततै गुठीको

गुठी संस्थानकाे ६०आ‌ैं बार्षिकाेत्सव समारोहमा भूमि व्यवस्था, तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठले उद्घाटन गर्दै गुठी संस्थानमा धेरै खालका समस्या यथावत रहेको कुरा आफुलाइ जानकारी भएको यहाँ गर्न पर्ने काममा सरकारलाई जिम्मेवार बन्ने ,गुठी संस्थानले आगामी दिनमा
आफुलाइ ताेकिएकाे जिम्मेवार निभाउनु पर्ने बताए ।

संस्थालाई चाहिने ऐन नियम समयमा नआउदा संस्थान संचालनमा समस्या रहेको गुठीको जग्गाहरूकाे संरक्षण गर्न अभिलेखिकरण गर्न जरुरी रहेको मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रममा गुठी संस्थानका ले जुन उदेश्यका लागि गुठी स्थापना गरियो आज राज्यको नीति का कारण सन्त महन्त सन्यासी सबै उपेक्षित भएको गुठी संस्थानका अध्यक्ष शिवराज पण्डितले  बताए ।

मन्दिरै मन्दिरको शहरमा गुठी संस्था पुरातत्त्व विभाग र स्थानीय तहबिच समन्वय हुन नसकेको अहिले पनि धार्मिक सम्पदाको क्षेत्रमा महानगरपालिकाकाे बजेट गुठी संस्थानकाे भन्दा बढी रहेको काठमाडौ महानगरपालिकाका निर्वतमान मेयर बिद्यासुन्दर शाक्यले बताए ।

गुठी संस्थान प्रधान कार्यालय काठमाडौंले देशभरका गुठी संस्थाहरू मध्य बाट उत्कृष्ट  बागलुङको कालीका गुठी लाई एक कार्यक्रम बिच सम्मान गरेकाे छ ।

कालीका भगवती गुठीकाे जग्गाको खोजी, दर्ता र व्यवस्थापन गर्ने कार्यमा प्रशंसनीय काम गरेकोले गुठी संस्थानको ६० औं वार्षिकोत्सवको शुभअवसरमा प्रसंसापत्र र दोसल्लाद्वारा कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाइ  सम्मानित गरिएको थियो ।

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठकाे रूपमा रहेको कालीका भगवती मन्दिर लाई राम्रो ब्यवस्थापन गरेर त्यसको संरक्षण संवर्धान गर्नुका साथै पुरानो संस्कृति लाई समेत बचाउदै गएको कारण अहिले मन्दिरमा आउने धार्मिक पर्यटक बढेर गएको छ ।