बुर्तिबाङमा ट्याक्सी दुर्घटना २ जनाको मृत्यु

- ट्याक्सीमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु

-


     हिडन खबर    
     कार्तिक २१ गते २०८० मा प्रकाशित


बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराती १० बजे मध्ये पहाडी लोकमार्ग अन्तरगत ढोरपाटन-२ मा ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका- २ का २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ का ३२ बर्षिय अस्विन परियार रहेको प्रहरीले जनाएको छ |

पुन ट्याक्सी ब्यवसायी संघ बुर्तिबाङका उपाध्यक्षसमेत हुन् । ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको र सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । फाइल फोटो