मध्यरातमा गएको भुकम्प बाट ठूलो धनजनको क्षति

-


     हिडन खबर    
     कार्तिक १८ गते २०८० मा प्रकाशित


मध्यराती जाजरकोट आसपासलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पले ठुलो जनधनको क्षती हुन पुगेको छ ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित दर्जनौंकाे मृत्यु भएको विवरण प्राप्त भएको छ ।
त्यस्तै भुकम्पमा परी थुप्रै नागरिक घाईते भएको छ । विवरण अनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको प्रहरीले जनाएको छ ।

नेपाल सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारले तत्काल हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको हो ।