रणबहादुर चन्द र तारा बराल बिच बिहे गर्ने सहमति

-


     हिडन खबर    
     कार्तिक १६ गते २०८० मा प्रकाशित


नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने लिखित सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् । 

लिखितम कागज गरिदिनेको नाम लोकबहादुर चन्दका नाती खडक बहादुर चन्दका छोरा काठमाडौँ जिल्ला वडा नम्बर ५ टंगाल बस्ने वर्ष ५९ को रणबहादुर चन्द आगे ऋषिराम बरालकी नातिनी, बुद्धिप्रसाद बरालकी छोरी चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १२ मालपोत चोक घर भई हाल काठमाडौँ बानेश्वर बस्ने वर्ष ४२ कि तारा बरालसँग विवाह गर्ने सहमति गरियो’, दुबैले ल्याप्चेसहित दस्तखत गरेको कागजमा लेखिएको छ । 

दुबैले आफूहरु विवाहित भए पनि हाल एकल रहेको जनाएका छन् । कागजमा उल्लेख भएअनुसार रणबहादुरको २०४१ सालमा शारदा चन्दसँग विवाह भएकोमा २०६२ को दुर्घटनामा उनको निधन भएपछि उनी एकल छन् । त्यस्तै, बरालसँग २०५६ मा बिहे गरेका गणेश गौतमको २०७६ मा दुर्घटनामा मृत्यु भएको हो ।