
काठमाडौ आरती साहलाई न्यायको माग गर्दै पीडित परिवार धर्ना बसेको आज १४४ दिन पुगेको छ। दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको हो।
आरती साहको न्यायको लागि विभिन्न राजनीति पार्टी
मानवअधिकार संघसंस्थाले धर्ना स्थलमा पुगेर एकेवद्वता जनाउने क्रम बढेर गएको छ ।आज माइतीघर मण्डलामा पुगेर विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएका थिए ।
जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका– ९ थापाचोकमा मृत फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति र ससुरालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
न्यायकाे लागी धर्नामा बसेका परिवार यतिबेला दाेहाेराे मारमा परेका छन् १४४ दिनसम्म पनि न्याय नपाउनु बिदम्वना भएको मधेसी नागरिक समाज संयाेजक गणेश कुमार मण्डलले बताए ।
आरती साहको न्यायको लागि माइतीघरमा आएको १४४ दिनदेखि परिवार धर्ना बस्न बाध्य छन् माग सामान्य छ मात्रै न्याय चाहियो भन्ने भएको विवेकशील साझा पार्टीका महासचिव रन्जु दर्शनाले बताए ।
माइतीघर मण्डलामा १४४ दिनसम्म धर्नामा बस्दा समेत न्याय पाउन नसकेको उल्टै प्रहरी प्रशासन बाट दुख पाएकाे पीडित आरती साहका भाइ प्रेम साहले बताए ।
यसैबीच उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
दुबैजनामाथि असार १ गते जिल्ला अदालत धनुषामा कर्तव्यज्यान मुद्दा सरकारी वकिलको कार्यालयले दर्ता गराएको थियो। त्यही मुद्दामा असार ५ गते जिल्ला अदालत धनुषाले पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।












