
बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं.१ धुल्लुबाँस्कोट अयरपानीमा आईतबार बेलुकी आगलागी हुँदा खरको छानो भएको १ घर जलेर नष्ट भएको छ ।
अयरपानी निवासी भिम बहादुर थापाको घरमा आईतबार बेलुकी करिव १० बजे तिर आगलागी हुँदा घर पूर्ण क्षेती भएको र अन्य मानविय क्षेती नभएको ईलाका प्रहरी कार्यालय बरेङले बताए ।
बेलुकी नै स्थानीय तथा सुरक्षाकर्मीहरुले आगो नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । आगलागीमा खाद्यान्न लत्ता कपडा लगायतको सामान जल्दा करिव १ लाख ५० हजारको क्षेती भएको पनि जनाईएको छ ।









