समाचार

‘आत्मनिर्भर बागलुङ कार्यक्रम’ अन्तर्गत बागलुङ नगरपालिका–६ मा पाठा र बोका वितरण

बागलुङ, असार ६ बागलुङ नगरपालिकाले सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ कार्यक्रम’ अन्तर्गत बागलुङ नगरपालिका–६ मा दुईवटा कृषक समूहलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले पाठा र बोका वितरण गरिएको छ। एक समारोहबीच सम्पन्न कार्यक्रममा २० वटा पाठा र २ वटा बोका वितरण गरिएका हुन्। वितरण गरिएको पशुधनबाट लाभग्राहीहरूलाई पशुपालनमार्फत स्वरोजगारको अवसर सिर्जना गर्दै आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। समारोहमा नगरपालिकाका प्रतिनिधिहरू, वडा अध्यक्ष, प्राविधिक कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बागलुङ नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष रूद्र… पुरा पढौ

उदयमान कलाकार सुवास रेग्मीको ‘गोर्खा बजार’ सार्वजनिक

गोरखा।गोरखा जिल्ला, शहीद लखन गाउँपालिका–८ बुंकोटमा जन्मिएका उदयमान कलाकार सुवास रेग्मीले लामो संघर्षपछि आफ्नो पहिलो मौलिक गीत ‘गोर्खा बजार’ सार्वजनिक गरेका छन्। उनले उक्त गीत म्युजिक भिडियोसहित आफ्नै Subash Regmi युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। गायक तथा मोडल सुवास रेग्मीकै संकलनमा बनेको गीतमा शब्द रमेश परियारले र लय धीरज पाल्पाली श्रेष्ठले तयार पारेका हुन्। गीतमा गायक सुवास रेग्मी र गायिका शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। भिडियोको निर्देशन मुकेश नेपालीले गरेका छन् भने सम्पादन राजकुमार मगरले गरेका छन्। भिडियोमा… पुरा पढौ

स्थायी बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश

चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। चितवनमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका ग्रहण गर्दै साह माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यका… पुरा पढौ

मौलिक नेपाली संस्कृतिको चौतारी : ‘यानीमाया रोधी घर’को १४औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौं, दिनभरको थकाइलाई बिसाउने, रमाइलो गीत–संगीतमा नाचगान गर्ने र मौलिक नेपाली स्वादमा घुल्ने नयाँ थलोका रूपमा ‘यानीमाया रोधी घर’ अहिले सबैको रोजाइमा पर्न थालेको छ। पारिवारिक वातावरण, स्वादिष्ट भोजन र मौलिक लोकसांगीतिक प्रस्तुतिले यो रोधी घर नेपाली संस्कृति प्रेमीहरूका लागि छुट्टै पहिचान बन्दै गएको छ। डेढ दशकको सांगीतिक यात्रा माेफसलबाट राजधानी छिर्दै संघर्षपूर्ण यात्राबाट शुरू भएको यानीमाया रोधी घरले अहिले झन्डै डेढ दशक पार गरेको छ। यही क्रममा, बैशाख २४ गतेदेखि सुरु भएको १४औं वार्षिकोत्सव कार्यक्रम आज बैशाख २८ गते… पुरा पढौ

चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ को फाइनल र सम्मान कार्यक्रम असार २७ गते काठमाडौंमा

काठमाडौं, उपमा संचार –चौथो संस्करणको मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ को फाइनल प्रतिस्पर्धा, विजेता घोषणा, पुरस्कार वितरण तथा श्रेष्ठ स्रष्टा सम्मान कार्यक्रम यही २०८२ साल असार २७ गते शुक्रबार राजधानी काठमाडौंमा आयोजना हुने भएको छ। कार्यक्रम काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ। राष्ट्रिय स्तरको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट प्रतिभाहरूलाई अवार्ड प्रदान गरिनेछ भने योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गरिने आयोजकको भनाइ छ। कार्यक्रमको संयोजन… पुरा पढौ

कालीगण्डकी संरक्षणका लागि देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रा

कालीगण्डकी नदीको संरक्षण र प्रचारप्रसारका लागि देवघाटबाट सुरु गरिएको ऐतिहासिक पदयात्रा बागलुङ हुँदै म्याग्दी प्रवेश गरेको छ। महेश सन्यास आश्रम, देवघाटधामको आयोजनामा सुरु भएको पदयात्राको उद्देश्य कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वबारे जनचेतना फैलाउनु हो। टोलिले मंगलबार बागलुङको कालिका मन्दिर दर्शन गरेपछि बुधबार शालग्राम संरक्षणका लागि बागलुङ–४ कुँडुलेमा निर्मित शालग्राम संग्रहालय र श्री रंगवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर अवलोकन गरेको थियो। जेष्ठ २२ गतेदेखि सुरु भएको यो यात्रा २५ दिनमा ४३१ किलोमिटर दुरी पार गर्दै दामोदर कुण्डमा सम्पन्न हुनेछ। पदयात्रामा नेपाल… पुरा पढौ

‘अभिमन्यु : च्याप्टर–१’ को प्रचार एआई भिडियोमार्फत, यतिसहितको रोचक प्रस्तुतिसहित

काठमाडौं ।चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले सार्वजनिक रूपमा प्रचार अभियान सुरु गरेको छ । यद्यपि फिल्मको प्रदर्शन मिति केही पछि तोकिएको छ, निर्माणपक्षले भने अहिले नै प्रचार–प्रसारमा सक्रियता देखाएको हो । प्रकाशित एआई भिडियोमा रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेको दृश्य देखाइएको छ । उनले ‘अभिमन्यु’ कहिले रिलिज हुन्छ भनेर सोधेको दृश्यमार्फत हिमाली क्षेत्रमा हल नभएकाले फिल्म हेर्न सहर झर्नुपर्ने सन्देश दिइएको छ । अर्काे भिडियोमा यतिले आफूले अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको उल्लेख गर्दै ‘अभिमन्यु :… पुरा पढौ

लागू औषध विरुद्ध अन्तर्राष्ट्रिय दिवस बागलुङमा सप्ताहव्यापी कार्यक्रमसहित मनाइने

बागलुङ — असार ३ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बागलुङमा यस वर्ष सप्ताहव्यापी कार्यक्रमसहित मनाइने भएको छ। हरेक वर्ष जुन २६ मा मनाइने यस दिवसलाई लक्षित गर्दै जिल्लामा असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सरोकारवालाको सहकार्यमा कार्यक्रमहरू तय गरिएको हो। मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, रेडक्रस, यातायात व्यवसायी, गैरसरकारी संस्था महासंघ, प्याब्सन, एन–प्याब्सन,… पुरा पढौ

कालीका भगवती मन्दिरको जेठ महिनाको आम्दानी २८ लाख ८७ हजार

🗓 बागलुङ, असार ३ नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङस्थित कालीका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जेठ महिनाको आम्दानी–खर्च विवरण सार्वजनिक गरेको छ। समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको गुठी बैठकले आर्थिक विवरण सार्वजनिक गरेको हो। गुठीका अनुसार जेठ महिनामा कालीका भगवती मन्दिरले कुल २८ लाख ८७ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको छ। त्यसमध्ये भक्तजनहरूले चढाएको भेटीबाट १७ लाख ५३ हजार ९ सय ३० रुपैयाँ, चामलबाट ४२ हजार ६ सय, बोकाको टाउको बिक्रीबाट ७७ हजार ७ सय ५०, कुखुराबाट… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा इजरायलस्थित नेपालीको अवस्थाबारे चासो

काठमाडौँ, असार २ — परराष्ट्रमन्त्री डा. आरजु राना देउवाले हाल इजरायल र इरानबीच जारी तनावपूर्ण परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिनुभएको छ। आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री रानाले द्वन्द्वका पछिल्ला घटनाक्रमका साथै इजरायलमा रहेका नेपालीहरूको सुरक्षास्थितिका बारेमा चासो व्यक्त गर्दै आवश्यक सहयोग र सुरक्षाका लागि इजरायली सरकारलाई अनुरोध गर्न राजदूतमार्फत आग्रह गर्नुभएको हो। राजदूत बासले इजरायलस्थित नेपालीहरू हाल सुरक्षित रहेको जानकारी गराएका थिए। यसअघि, आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी इजरायल र इरानमा रहेका नेपालीहरू… पुरा पढौ