परोपकार कुञ्जधाम विस्तारार्थ महायज्ञमा भक्तजनहरूकाे उत्साहजनक सहभागिताः

- जग्गादानदेखि कलश स्तम्भ निर्माणसम्म सहयोग

-


     हिडन खबर    
     फागुन १० गते २०८२ मा प्रकाशित


बुटवल । फागुन १०

राष्ट्रिय परोपकार महासंघको आयोजनामा बुटवल–१५, सेमलारमा जारी परोपकार कुञ्जधाम विस्तार महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागिता भइरहेको छ। महायज्ञमा सहभागी भक्तजनहरूले आफ्नो क्षमता अनुसार दान प्रदान गरिरहेका छन्।

महायज्ञमा जग्गादाता बुटवल–१५ निवासी भिमबहादुर खत्रीले २० लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै बुटवल–१४ निवासी रिमकला न्यौपानेले स्वर्गीय छोरा सुदीप न्यौपानेको स्मृतिमा परोपकार कुञ्जधाम परिसरमा विशाल कलश स्तम्भ निर्माणका लागि ३ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गर्नुभएको छ। साथै उहाँले प्रसाद व्यवस्थापनका लागि थप ३५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

बुटवल–९ निवासी लोकनाथ–आशा शर्मा भुसालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ भने उपरव चन, आर्य चन र रुद्रवीर चन बोहरातर्फबाट ५१ हजार रुपैयाँ दान प्राप्त भएको छ। तिलोत्तमा–२ निवासी बेलबहादुर सापकोटाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ। मुक्तिधाम आमा समूहले २५ हजार ५ सय ५५ रुपैयाँ, रामप्रसाद–रमञ्जु काफ्लेले २१ हजार १ सय ५१ रुपैयाँ सहयोग गर्नुभएको छ।

शनिबार महायज्ञमा राष्ट्रिय परोपकार महासंघ इकाई परिवारले २० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। त्यस्तै डोरबहादुर–मनकुमारी खत्री, पिताम्बर–कमलादेवी खरेल, हरिकला शर्मा, लक्ष्मण पोखरेल, विष्णुप्रसाद, दामोदर–मिना शर्मा, राधा भुसाल, बाबुराम तिवारी, हरिप्रसाद अधिकारी, रिता गौतम, सीता शर्मा सापकोटा, रोजन पौडेल र गीतादेवी उपाध्यायले जनही १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।

महायज्ञमा लालकुमारी मल्लले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ भने भगवती ढकालले ९ हजार ५ सय ५५ रुपैयाँ, शिववुरीधाम अखण्ड बत्ती भजन मण्डलीले ८ हजार २ सय ४० रुपैयाँ, सिर्जनाटोल आमा समूहले ११ हजार ७ सय ७५ रुपैयाँ तथा रामप्रसाद सुवेदीले १० हजार रुपैयाँ दान गरेका छन्।

त्यस्तै लक्ष्मण भुसाल, गिरिराज न्यौपाने, शेरबहादुर थापा, देवी काफ्ले, प्रेमलाल यादव, राधा पन्थी, भूमादेवी पौडेल, महा–गीता शर्मा, टिकाराम काफ्ले, हरिकला न्यौपाने, अमृतादेवी रेग्मी, केशव आचार्य, टोपला पन्थीले जनही ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्। उर्मिला केसीले ५ हजार १ सय ५ रुपैयाँ तथा समाजसेवी टोल विकास समितिले ५ हजार ५ रुपैयाँ सहयोग गरेका छन्।

आयोजकका अनुसार महायज्ञबाट संकलित सम्पूर्ण रकम परोपकार कुञ्जधामको निर्माण तथा विस्तारमा खर्च गरिनेछ। महायज्ञले समाजमा सेवा भावना अभिवृद्धि गर्नुका साथै धार्मिक–सामाजिक कार्यलाई सुदृढ बनाउन टेवा पुर्‍याउने विश्वास गरिएको छ। बुटवल–१५ सेमलारमा जारी महायज्ञ फागुन १३ गतेसम्म सञ्चालन हुनेछ।