
बागलुङ, भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङको आयोजनामा र बागलुङ नगरपालिकाको समन्वयमा सामुदायिक तथा घरपालुवा कुकुर–बिरालोको बन्ध्याकरण कार्यक्रम सुरु गरिएको छ।
कार्यक्रमको पहिलो दिन १९ घरपालुवा र ५१ सामुदायिक गरी कुल ७० कुकुरको बन्ध्याकरण गरिएको छ।
सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन तथा रेबिज रोगको प्रकोप न्यूनीकरण गर्न यो कार्यक्रम सञ्चालन गरिएको बागलुङ नगरपालिकाले जनाएको छ।
निःशुल्क रूपमा सञ्चालन भइरहेको यो शिविर दुई दिनसम्म जारी रहनेछ।














