समाचार

बागलुङको ढोरपाटनमा जीप दुर्घटना : दुईको मृत्यु, १२ घाइते

बागलुङ —बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित बतासेडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। शुक्रबार साँझ करिब ५ः२५ बजे लु.प्र.०१–००१ च १७७५ नम्बरको पिकअप जिप बुर्तिबाङबाट सही खोलातर्फ जाँदै गर्दा सडकबाट करिब ५०–६० मिटर तल खसेको हो। दुर्घटनामा जिपका चालकसहित १४ जना सवार थिए। घटनामा परी दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बसन्त पाण्डेले जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर, नौको मध्यम र एकको… पुरा पढौ

परराष्ट्रमन्त्री राणा : कूटनीतिक ‘इन्गेजमेन्ट’ बढाएका छौं, सकारात्मक परिणाम देखिन थाल्छ

काठमाडौं —परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल विश्व समुदायसँगको कूटनीतिक संलग्नता (इन्गेजमेन्ट) उल्लेखनीय रूपमा बढाएको बताउँदै त्यसको सकारात्मक परिणाम क्रमशः देखिन थालेको दाबी गर्नुभएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको शुक्रबार बसेको बैठकमा बोल्दै मन्त्री राणाले आफ्नो नियुक्तिपछि परराष्ट्र मन्त्रालयले नेपालका मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कूटनीतिक सक्रियता अभिवृद्धि गरिएको बताउनुभयो। “कूटनीति भनेको प्रक्रिया हो, तुरुन्तै नतिजा देखिन्छ भन्ने होइन,” मन्त्री राणाले भन्नुभयो, “तर हामीले बहुपक्षीय, द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सहभागिता र उपस्थिति विस्तार… पुरा पढौ

जन्मदिनको अवसरमा क्यान्सर पीडित नेपालीलाई सहयोग

तनहुँ — सामाजिक अभियन्ता रिता परियारले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सर पीडित एक नेपालीलाई आर्थिक सहयोग गरेकी छन्। गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–२ की स्थायी बासिन्दा परियारले तनहुँको म्याग्दे गाउँपालिका–५, थाङ्दीका यमबहादुर नेपालीलाई सहयोग गरेकी हुन्। जिब्रोको क्यान्सरबाट पीडित यमबहादुर विगत एक वर्षदेखि उपचारको अभावमा संघर्षरत छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकिरहेका यमबहादुरका लागि विभिन्न माध्यमबाट सहयोग संकलनको अभियान चलाइएको छ।विगत केही वर्षदेखि नर्वेमा बसोबास गर्दै आएकी परियारले क्यान्सर, मृगौला लगायत गम्भीर रोगबाट पीडित तथा विपन्न परिवारहरूलाई निरन्तर… पुरा पढौ

कोटिहोममा भोलिदेखि विभूति, तिलक र प्रसाद वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलिदेखि श्रद्धालुहरूलाई विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ। महायज्ञको पूर्णाहुतिपछि नै वितरण गर्ने तयारी भए पनि हवनको तापका कारण भोलि र पर्सिदेखि मात्र वितरण थालिने प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए। साथै हवन कुण्डमा प्रयोग गरिएका इट्टा १ सय रुपैयाँमा र जलसहितका कलश निःशुल्क वितरण भइरहेको छ। भोलि राष्ट्रिय भजन प्रतियोगितामा विजयी समूहहरूलाई पुरस्कार वितरण गरिनेछ। देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम, माछापुच्छे सेवा समाज… पुरा पढौ

फल फ्रुट्सको पहिलो आउटलेट सोल्टीमोडमा, पाँच वर्षमा ५० शाखा विस्तार गर्ने योजना

देशमा केही गर्न सकिँदैन भन्ने सोच बोकेर ठूलो संख्यामा युवा विदेशिनु सामान्य जस्तै बनेको छ। तर यही समयमै केही युवाहरू नेपालमै सम्भावना देखेर अग्रसर भइरहेका छन्। २४ वर्षदेखि काठमाडौँको नयाँबजारमा फलफूल व्यवसायमा संलग्न अग्नि कँडेलसहित ४ जनाको समूहले यो पेशालाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्यले ‘फल फ्रुट्स’ ब्रान्ड अन्तर्गत पहिलो आउटलेट सुरु गरेका छन्। हिजोआज आम उपभोक्ता मानसिक र शारीरिक रूपले स्वस्थ रहन ताजा फलफूलका जुस फलफूल खान रूचाउन थालेपछि यतिबेला राजधानीका प्रमुख चाेकहरूमा फलफूल र जुसका पसल धमाधम बढ्दै… पुरा पढौ

साझेदारी र कनेक्टिभिटी नै नेपाल–भारतको साझा समृद्धिको आधार : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, २९ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीचको साझा समृद्धिको आधार संयुक्त साझेदारी र बहुआयामिक कनेक्टिभिटी रहेको बताउनुभएको छ। नेपाल–भारत रणनीतिक संवाद विषयक कार्यक्रममा आज काठमाडौंमा बोल्दै मन्त्री डा. राणाले व्यापार, पारवहन, लगानीलगायतका क्षेत्रलाई जोड्दै आर्थिक साझेदारीलाई कनेक्टिभिटीमार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “म त्यो भविष्यको कल्पना गर्छु, जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बई पुग्छ, र एक भारतीय पर्यटक बिहान दिल्लीमा बैठक सकेर साँझ पोखरा उत्रन्छ,” उहाँले भन्नुभयो, “यस्तो निकटता दुई देशका नागरिकको समृद्धिको आधार बनोस्।”… पुरा पढौ

किन बन्यो ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’?

काठमाडौं, हिड्नखबर – पछिल्लो समय नेपाली दर्शकको प्राथमिकता भावनात्मक (इमोशनल) सिनेमातर्फ मोडिएको देखिन्छ। यदि कसैले सोध्यो, “आजभोलि दर्शकलाई कस्तो सिनेमा मन पर्छ?” भने धेरैको जवाफ हुन्छ— भावना मिसिएको, जीवनसँग गाँसिएको सिनेमा। उदाहरणका रूपमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’जस्ता चलचित्र उल्लेख गर्न सकिन्छ। कमेडीबाट भावनात्मक कथावस्तुतर्फ सरेका दर्शकको यही मोहलाई ध्यानमा राख्दै, निर्देशक हिमाल न्यौपानेले ल्याउँदै छन्— ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’। निर्देशक न्यौपाने भन्छन्, “हाम्रो सिनेमाको घोषणा भिडियोदेखि हालसालै सार्वजनिक भएको गीतसम्म हेर्दा स्पष्ट बुझिन्छ— यो… पुरा पढौ

कोटिहोममा आजसम्म ८ हजार जलसहितका कलश वितरण

पोखरा, हिड्नखबर – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजसम्म ८ हजारभन्दा बढी जलसहितका कलश भक्तजनलाई वितरण गरिएको छ। महायज्ञ प्रचार-प्रसार संयोजक लेखराज ढकालका अनुसार, गत सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएपछि कलश वितरण गरिएको हो। केही जलसहितका कलश अझै बाँकी रहेकाले इच्छुक भक्तजनले सचिवालयमा सम्पर्क गरी लैजान सक्नेछन्। उनका अनुसार अधिकांश भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने केहीले हवन समापनपछि शुल्क तिरेर कलश लगेका हुन्। एक थान कलशको मूल्य १,३०० रुपैयाँ रहेको छ भने… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा मुस्ताङमा माओवादी केन्द्रको जिल्ला कार्यालयको शिलान्यास

जोमसोम, मुस्ताङ, २९ जेठनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुस्ताङ जिल्लामा निर्माण गरिन लागेको पार्टीको जिल्ला कार्यालय भवनको शिलान्यास गर्नुभएको छ। जोमसोममा आयोजित एक विशेष समारोहमा अध्यक्ष प्रचण्डले औपचारिक रूपमा शिलान्यास गर्दै पार्टी संगठनलाई सुदृढ बनाउन जिल्ला तहमा भौतिक संरचना आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले पार्टीको आफ्नै कार्यालय भवन निर्माण भएपछि जिल्लास्तरमा कार्यकर्ता तथा नेताहरूले जनताको पक्षमा अझ उत्साहपूर्वक र प्रभावकारी ढंगले काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। शिलान्यास कार्यक्रममा मुस्ताङ क्षेत्रका स्थानीय… पुरा पढौ

पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा मुस्ताङका कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया

मुस्ताङ, जेठ २८गणतन्त्र नेपालको प्रथम जननिर्वाचित पुर्व  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाका विभिन्न सरकारी कार्यालय प्रमुखहरूसँग विशेष अन्तरक्रिया गर्नुभएको छ। मुस्ताङ जिल्लाको भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले कार्यालय प्रमुखहरूसँगको छलफलमा स्थानीय प्रशासन, विकास निर्माण, सेवा प्रवाह तथा जनताको हितमा भइरहेका कार्यहरूको बारेमा जानकारी लिनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा उहाँले मुस्ताङजस्तो भौगोलिक रूपमा विशिष्ट जिल्ला विकासका दृष्टिले अझ बढी प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीयता कार्यान्वयन, सेवा प्रवाहमा पारदर्शिता, सुशासनको अभ्यास,… पुरा पढौ