समाचार

नेपाली फिल्म अग्निदहन

काठमाडौं । फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी प्रथा कायमै रहेकाले यस्ता चलचित्र अझै धेरै बन्नु पर्ने बताए । राजनीतिकर्मी शंकर तिवारीले अधिकांश फिल्ममा समस्या मात्र देखाइने तर समाधान नदेखाइने प्रचलन भइरहेको समयमा ‘अग्निदहन’मा भने गहिराईमा पुगेर समस्या र समाधान दुवै देखाइएको बताए । कलाकार वीरेन श्रेष्ठले मान्छेको सोचले उसलाई कुन हदसम्म पु¥याउँछ भन्ने कुरालाई फिल्मले देखाएको बताए । उनले… पुरा पढौ

स्वास्थ तथा प्रविधि बिज्ञान मन्चकाे अध्यक्षमा सुनिल कुमार चालिसे निर्वाचित

काठमाडौं / सीपयुक्त युवा जनशक्ति राेजगारी र विकासगुणस्तरीय प्राविधिक शिक्षा समृद्धिकाे निकास भन्ने नारा साथ स्वास्थ तथा प्रविधि बिज्ञान मन्च (फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्स ) काे काठमाडौंमा मंसिर ४ र ५ गते दुई दिनसम्म भएको आठौं महाधिवेशनले सुनिल कुमार चालिसेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । डाक्टर नेत्रराज चटाैट निर्वतमान अध्यक्ष उपाध्यक्षहरूमा इन्जिनियर बिजय कुमार झा ,कपिल पाेखरेल , सुधाकर मिश्र ,महासचिवमा निर्मल सापकोटा ,लेखा समितिकाे संयाेजकमा डाक्टर विनोद यादव समितिकाे सचिवमा विनोद कुमार श्रेष्ठ… पुरा पढौ

जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यकः प्रचण्ड

गोरखा, ६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक रहेको बताउनुभएको छ । गोरखा नगरपालिको प्रवर्धन र गोरखा होटल व्यवसायी समितिको आयोजनामा गोरखामा भएको ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रदेश तहलाई प्रभावकारी बनाउन नसक्दा हिजो गरिएको संघीयताताको परिकल्पना पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले संविधान निर्माणको बेलामा संघ, प्रदेश र स्थानीय तह आफूहरुले अघि सारेको अवधारणा भएकाले… पुरा पढौ

माआ‌ेवादी वडा अध्यक्ष निर्विरोध निर्वाचित

रूकुम /मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उप निर्वाचनमा रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। काग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी आफ्नो उमेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएका हुन् ।घर्तीले बिज्ञप्ती प्रकाशित गरेर आफ्नो उमेदवारी फिर्ता गरेको जानकारी गराएका छन् । आज उमेदवारी फिर्ता गर्ने निर्वाचन अधिकृत कार्यालयकाे कार्यक्रम अन्तर्गत जीवन राेकाले आफ्नो उमेदवारी फिर्ता गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए । निर्वाचन… पुरा पढौ

अग्निदहनका कलाकार प्रकाश घिमिरे संग कुराकानी

काठमाडौं । कलाकार प्रकाश घिमिरे नाटक र फिल्म क्षेत्रका लागि चिनाइरहनुपर्ने नाम होइन । दर्जनौं फिल्ममा अभिनय गरिसकेका प्रकाश यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मार्फत दर्शकमाझ आउँदैछन् । उनीसँगफिल्मसँग सम्बन्धित रहेर गरिएको कुराकानीः– अग्निदहनमा कसरी जोडिनुभयो ? म ‘घामपानी’को सुटिङ गरेर फर्कदा घनश्याम लामिछानेजीले फोन गर्नुभयो । उहाँले हामी फिल्म बनाउँदैछौं, काम गर्नुपर्यो भन्नुभयो । म शिक्षक पनि भएकाले पढाउने काम पनि गर्नुपर्ने र सुटिङले गर्दा पढाउन नपाएको भनेर केही विचार गरौंला भनें । पछि माओत्से गुरुङले पनि फोन गर्नुभयो… पुरा पढौ

ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण हुने

काठमाडौं । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत चन्द्रागिरि नगरपालिका–६ स्थित ऐतिहासिक एवं धार्मिक चन्दन भराटेश्वर महादेव मन्दिरमा परिसरमा पूर्वाधार निर्माण हुने भएको छ ।  यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, चन्द्रागिरि नगरपालिका र काठमाडौँस्थित भारतीय राजदूतावासका बीचमा त्रिपक्षीय समझदारी भएको छ । सोही समझदारीअनुसार यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी र यहाँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रुपमा पूर्वाधार निर्माणको शिलान्यास गरेका हुन् । कुल ६ करोड ५ लाख ७ हजार चार सय ६७ लागत रहेको सो… पुरा पढौ

अग्निदहन शुक्रबार  रिलिज हुने

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै फिल्मबारे जानकारी दिएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्मले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो । फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफुहरुले फिल्म बनाएको बताए । ‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन् । हामी फिल्ममार्फत बोक्सी… पुरा पढौ

कालीका भगवती मन्दिरको कार्तिककाे आम्दानी ३५ लाख ३ हजार ३ सय ३२

बागलुङ / नेपाल कै प्रसिद्व धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर अन्तर्गत कालीका भगवती गुुठी ब्यवस्थापन समिति बागलुङले आफ्नो नियमित कार्यक्रम अन्तर्गत कार्तिक महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको नियमित बैठकले कालीका भगवती मन्दिरमा कार्तिक महिनामा कुल आम्दानी ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ भएकोमा खर्च १६ लाख १५ हजार भइ १८ लाख ८८ हजार ३ सय ३२ रूपैयाँ बचत भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको हाे । कालीका गुठीको… पुरा पढौ

सौरभ चौधरीको ‘कर्मा’मा उपासना र मुकुन अनुबन्धित

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ ।  यो चलचित्रको मुख्य भूमिकामा केही समय अगाडि अभिनेता विपिन कार्कीलाई अनुबन्धित गरिएको थियो । यसैबीच चलचित्रको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता मुकुन भुषाल पनि अनुबन्धित भएका छन् । चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् । चलचित्र ‘पुर्ण बहादुरको… पुरा पढौ

प्रमिला यही मंसिर ७ गतेबाट रिलिज हुने फिल्ममा ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा

काठमाडौं । नाटक र फिल्मको अभिनयमा प्रमिला ताम्राकार तुलाचन नयाँ नाम होइन । २०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च हुई’ र ‘पुजार सार्की’मा अभिनय गरिसकेकी छन् । यिनै प्रमिला यही मंसिर ७ गतेबाट रिलिज हुने फिल्ममा ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा देखिँदैछिन् । प्रमिलाका अनुसार उनलाई ‘माइली दमिनी’को चरित्र निभाउन निकै चुनौतीपूर्ण थियो । ‘किनकी यो फिल्म सत्यघटनामा आधारित रहेको हुनाले मैले यसमा… पुरा पढौ