पोखरा, १७ — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा विशेष कार्यक्रम अन्तर्गत १,००० भन्दा बढी बालिकाको पूजा र ७० वर्ष माथिका १,००० ज्येष्ठ नागरिकको सम्मान हुने भएको छ। कार्यक्रमका प्रचार संयोजक लेखराज ढकालका अनुसार आगामी शनिबार ३ देखि ९ वर्ष उमेर समूहका कन्याहरुको विशेष पूजन हुनेछ भने ज्येष्ठ नागरिकलाई गीता र रामनाम पुस्तक वितरणसहित सम्मान गरिनेछ। महायज्ञमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढी भक्तजन सहभागी भइसकेका छन्। १०८ श्रीमद्भागवत पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री…
पुरा पढौ