
बागलुङ । बरेङबाट बागलुङतर्फ आउँदै गरेको एक पिकअप जीप बागलुङ नगरपालिका–८ सिगानामा दुर्घटना पर्दा ८ जना घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग ३ च ४८३४ नम्बरको जीप सडक दुर्घटनामा परेको हो।
गम्भीर घाइते हुनेमा चालक सुसान्त जिसी र यात्री प्रशान्त खड्का रहेका छन्। यस्तै अन्य घाइतेहरूमा सावित्रि भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निसा भण्डारी, चन्द्र भण्डारी र झुमा भण्डारी रहेको प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो।
घाइतेहरूलाई उपचारका लागि धौलागिरी अस्पताल, बागलुङमा लगिएको छ।














