समाचार

बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार जनगायक शर्मा र ज्ञानोदय बुद्ध बिहारलाई

जनगायक जीवन शर्मा यहाँ स्थापित ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । शुक्रबार पुरस्कार कोषद्वारा आयोजित समारोहमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु। २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो । सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । “पुरस्कारले प्रेरणा र उर्जा थपेको छ”, उहाँले भन्नुभयो,… पुरा पढौ

सार्वजनिक शौचालय ब्यवस्थापन गर्दै बागलुङ नगरपालिका

बागलुङ सदरमुकाममा सार्वजनिक शाैचालय नभइ सर्वसाधारणले दिनहुँ कस्त भाेग्न बाध्य भइरहेको समयमाकाठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको आव्हानमाबागलुङका एकजना ब्यवसायीले त्यसलाई साथ दिएर अगाडि बढेका छन् । बागलुङ नगरपालिकाले दुईवटा सार्वजनिक शाैचालय ब्यवस्थापन गर्ने योजना बनाएको छ । काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) साहको आह्वानमा साथ दिँदै निजी होटल, रेष्टुरेन्ट र निजी कार्यालयहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न आाव्हान गरे संगै बागलुङमा समेत त्यसको प्रभाव परेको छ । जिम्मेवार नेपाली म भन्ने नारा साथ स्यातार ट्रेनिङ प्रालिले बागलुङ… पुरा पढौ

जिसस बागलुङको प्रमुख जनमोर्चाका थापा र उपप्रमुख नेकपा(एकीकृत समाजवादीका) शर्मा सर्वसम्मत

जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापा चयन हुनुभएको छ ।त्यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) बागलुङका जिल्ला सदस्य होमनाथ शर्मा चयन हुनुभएको छ । जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार बिहिबार दुई बजेसम्म सत्ता गठबन्धनका उम्मेदवार बाहेक कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख र उपप्रमुखसहित ९ जना सदस्य पाँच दलीय गठवन्धनकै उम्मेदवार सर्वसम्मत चयन भएका सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा नेपाली कांग्रेसको तर्फबाट हरिकला पौडेल, कौशिला विक, टेक बहादुर अर्गेजा, पदम… पुरा पढौ

साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन

-काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि… पुरा पढौ

एमाले नेता घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस

काठमाडौं । एमाले स्थायी कमिटीका सदस्य घनश्याम भुसालले स्थानीय तहको निर्वाचनमा पार्टीले क्षति ब्यहाेर्नु पर्नुको पछाडि एमाले अध्यक्ष केपी शर्मा आ‌ेली नै प्रमुख कारक भएको भनेर आलोचना गरेपछि कार्वाहीकाे सुचिमा परेका छन् ।नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको प्रष्ट पार्नुभएको छ । भुसालले पार्टी महाधिवेशन र अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भुसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको बताउनुभयो । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले… पुरा पढौ

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रण अभियानमा बागलुङ ट्राफिक

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ। आफुखुसी स्वरुप परिवर्तन गरी चलाइएका एक सय भन्दा बढी मोटरसाईकलका चालक कारवाहीमा परेका छन् । विगत १ महिना देखी स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाईकललाई नियन्त्रणमा लिइएर कारवाही गरेको हो । विशेष गरी पल्सर, क्रस फायर र बुलेट मोटरसाईकल कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख राजकुमार केसीले बताउनु भयो । आफु खुसी साइलेन्सर पाइप फेर्ने, साइलेन्सर पाइपमा प्वाल पारी… पुरा पढौ

पार्टी भन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो। नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो। त्यसलगत्तै नेकपा एसका तर्फबाट… पुरा पढौ

शिक्षा मन्त्री देवेन्द्र पौडेलको गृह जिल्लामा अहिलेसम्म आउन सकेन पाठ्यपुस्तक

बागलुङ नयाँ शैक्षिकसत्र सुरूआत भएको ३ साता बितिसक्दा पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको गृह जिल्ला बागलुङका विद्यालयमा पाठ्यपुस्तक प्रयाप्त मात्रामा पुगेको छैन । बिद्यालयमा भर्ना अभियान सकिदा समेत सरकारले बिद्यार्थीका लागि पुस्तक उपलब्ध गराउन सकेको छैन । नयाँ शैक्षिकसत्र शुरू भएको ३ साता बितिसक्दा समेत पाठ्यपुस्तक उपलब्ध हुन नसक्दा बिद्यार्थी पढाइबाट बन्चित भएका छन् ।भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका अध्ययनको लागि विद्यालय आउन थालेको ३ साता सम्म… पुरा पढौ

विश्व वातावरण दिबसकाे अबसरमा सशस्त्र प्रहरीका युनिटमा बृक्षारोण कार्यक्रम सम्पन्न

पाेखरा ।ससस्त्र प्रहरी बल नेपालले विश्व बाताबरण दिवश (June -5 2022) अवसरमा देशभरका आफ्ना युनिटहरुमा बृक्षारोण कार्यक्रम सम्पन्न गरेको छ । यसै अबसरमा गण्डकी प्रदेश स्थित शसस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा ब्यबस्थापन तालिम शिक्षालय, लामापाटन पोखराले आफ्नो कार्यालय परिसरमा बृक्षारोण कार्यक्रम सम्पन्न गरेको छ । तालिम शिक्षालयाका निमित्त समादेशक ससस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रकाश सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उक्त शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार तथा जवान र विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुको सहभागिता रहेको… पुरा पढौ

बागलुङ जिल्लाकाे कुनकुन ठाउँमा विकास बजेट पर्या

बागलुङ ।नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेलको पहलमा आर्थिक वर्ष २०७९।०८० का लागि पूर्वाधार विकासमा भौतिक र शहरी मन्त्रालयबाट विनियाेजित रकम सहित योजनाहरु छनोट भएका छन् ।बजेट सार्वजनिक भएकाे पत्रकार थमन थापाले सामाजिक संजाल फेसबुकमा पाेष्ट गरेपछि क्रिया प्रतिक्रिया आएका छन् ,तिनलाई हिडन खबर बाट जस्ताको तस्तै प्रस्तुत गरेका छाै । १. गलकोट नगरपालिका ५ हरिचौर बसाहफाँट देखि मल्म, पाण्डपखानी, रमुवा, रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ निसीसम्म सडक, सरंगीदेखि चाम्तारा सडक कालोपत्र १ करोड२.बनेघाट मोटरेवल पुल तमानखोला गाउँपालिका २… पुरा पढौ