बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले प्रशासनमा आउने नागरिकको जस्तो सुकै काम एकै दिनमा सक्ने गरी सेवा प्रवाह गर्ने बताउनु भएको छ ।
बागलुङका क्रियाशिल पत्रकारसँग भएको शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा रिजालले यस्तो बताउनु भएको हो ।
जिल्लामा मुख्य चुनौतिका रुपमा रहेको लागुऔषध नियन्त्रणको लागि प्रशासनले काम गर्ने बताउदै आत्महत्या लगाएका जघन्य अपराध नियन्त्रण बागलुङमा विकास निर्माणमा हुने ढिलासुस्तीलाई आफुले राज्यले तोकेको कानून अनुसार काम गर्न आवश्यक निर्देशन दिने बताउनु भयो ।
जिल्लामा सहकारी पीडितको समस्या बजार अनुगमन, मुल्य वृद्धि नियन्त्रणको लागि अनुगमनलाई थप प्रभावकारी बनाउने बताउनु भयो । बुर्तिवाङको इलाका प्रशासन कार्यलयबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्ने बताउनु भयो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यलयबाट पछिल्लो ३ महिनामा गरेको प्रगति विवरण बारेमा जानकारी गराइएको थियो । प्रशासनले श्रवण १ गतेबाट असोज मसान्तसम्म १ हजार १ सय ५१ जनालाई नयाँ नागरिकता वितरण गरेको, १ हजार ६२ जनलाई नागरिकताको प्रतिलिपी वितरण गरेको, २ सय ४२ जनलाई नावालक परिचय पत्र वितरण गरेको, २ हजार ४ सय ४३ जनालाई राहदानी बितरण गरेको छ भने २ हजार ७ सय ६९ जनालाई जिल्लाबाट सिफारिश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनु भयो । प्रशासनले ३ महिनामा १ करोड ५६ लाख ८१ हजार ४ सय ७५ राजश्व शंकलन गरेको छ ।
सो कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले गर्नु भएको थियो ।












