
राजेशचन्द्र राजभण्डारी
बागलुङ ,मालिका सेवा समाज बागलुङले नेपालीहरूकाे महान चाड बिजया दशमीकाे अवसरमा शुभकामना आदानप्रदान तथा खाद्य सामाग्री हस्तान्तरण सम्पन्न गरेको छ ।
मालिका सेवा समाजले नेपालीहरूकाे महान चाड मनाउन समेत असर्थ रहेका बिपन्न परिवारलाई चाड सहजरूपमा मनाउन सहयोग गर्ने उदेश्यले खाध्यान्न सामाग्री र साडी वितरण गरिएको बक्ताहरूले धारणा राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका निर्वतमान सांसद इन्द्रलाल सापकोटा ,शिव सापकोटा ,घनश्याम सापकोटा ,फुल प्रसाद सापकोटा ,हरिप्रसाद रेग्मी भीमबहादुर केसी टेकबहादुर केसी डिल्लीराज उपाध्याय ,कृष्ण आचार्य ,रेशमलाल सापकोटा सन्तोष बाेहाेरा लगायतका बक्ताहरूले नेपालीहरूकाे महान चाड बिजया दशमी खर्चिलाे भत्किलाे बन्दै गएको कारण गरिव तथा विपन्न वर्गले दशै मनाउन समेत नसक्ने अवस्थामा पुगेको कारण आज सहयोगी दाताले गरेर सकारात्मक काम गरेको धारणा राखेका थिए ।
बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा कार्यक्रम गरि १० परिवारलाई खाद्य सामाग्री र साडी वितरण गरिएको थियोे ।बागलुङ मालिका निवासी हाल अमेरिकामा बसाेबास गर्दै आएका लालबहादुर कुवँरले खाध्यान्न वितरणको लागि ५० हजार नगद सहयोग गरेको थियो भने कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले साडी सहयोग गरेको मालीका सेवा समाजका अध्यक्ष जीवननाथ शर्माले बताए ।कार्यक्रममा समाजले सहयोगी मनका धनी कुवँरलाइ धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै खालको सहयोगकाे अपेक्षा गरेको बताए ।
मालीका सेवा समाजका अध्यक्ष जीवन नाथ शर्माकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रकाश केशी खडानन्द सापकोटाकाे संचालनमा सम्पन्न भएको थियो ।





















