बागलुङमा समाजवादी मोर्चा घोषणा

-


     हिडन खबर    
     असाेज ३० गते २०८० मा प्रकाशित


बागलुङमा चार राजनीतिक दल मिलेर मंगलबार समाजवादी मोर्चा नेपाल बागलुङको घोषणा गरेका छन्। समाजवादी मोर्चा केन्द्रदेखि प्रदेश हुँदै जिल्लामा समेत गठन गर्ने नीति अनुसार बागलुङमा गठन गरिएको हो ।

बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा नेपाल जिल्ला समिति बागलुङ गठन भएको घोषणा गरेका छन् ।नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले मोर्चा घोषणा गरेको जानकारी गराइएको हो ।

चार दलका जिल्ला नेतृत्वको सोमबार सम्पन्न बैठकले गरेको निर्णय र समाजवादी मोर्चाको नेतृत्व घोषणा गरिएको छ ।मोर्चामा आवद्ध दलहरुबाट २, २ जनाको प्रतिनिधित्व हुने गरी समाजवादी मोर्चा गठन गरिएको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्रका चन्द्र बहादुर थापा शिखर र टिका कुुमारी विक नेकपा एकीकृत समाजवादीबाट लाल बहादुर थापा र भरत पुरी, नेपाल कम्युनिष्ट पार्टीबाट आकाश सी र क्रान्ति सी, जनता समाजवादी पार्टीबाट मिना गुरुङ र दिपेन्द्र जिसी रहनु भएको छ ।

जिल्ला संयोजन समितिको बैठकबाट पहिलो कार्यकालको लागि नेपाल कम्युनिष्ठ पार्टीका आकाश सीलाई संयोजक तोकिएको छ । संयोजकको ३ महिनामा परिवर्तन हुने गरी सबै पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

बैठकले कार्तिक १७ गते सबै चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने, कार्तिक महिनाभित्र स्थानीय तहमा समाजवादी मोर्चा गठन गर्ने, आगामी एक महिनाभित्र जिल्ला स्तरको सन्देश सभा तथा मंसिर महिनामा समाजवाद र वर्तमान परिस्थिति बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।कार्यक्रम मोर्चाका संयोजक आकाश सीको अध्यक्षता सदस्य टिका कुुमारी विकको स्वागत र भरत पुरीको संचालनमा सम्पन्न भएको थियो ।

सोमबार सम्पन्न बैठकमा गरिएका समसामयिक प्रस्तावहरु ः