ढाेरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ५ महिनादेखि बेपत्ता खाेजी गर्न इन्टरपाेललाइ पत्राचार

-


     राजेशचन्द्र राजभण्डारी     
     कार्तिक ७ गते २०८० मा प्रकाशित



बागलुङ स्थानीय तहको निर्वाचनमा दाेस्राे कार्यकालको लागि निर्वाचित बागलुङ जिल्ला ढाेरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली ५ महिनादेखि बेपत्ता भएका छन् ।
एकजना निर्वाचित जनप्रतिनिधि ५ महिनादेखि बेपत्ता हुदा समेत राज्य बेखबर देखिन्छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाली हजारौं बचत कर्ताहरूले जम्मा गरेको रकम अबतलन गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि उनको खाेजी शुरू गरेको छ ।

बागलुङ जिल्ला ढाेरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली जेठ ५ गतेदेखि जिल्ला बाट रातारात बेपत्ता भएका छन् ।इमेज बतत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपालीले सहकारीमा बचत कर्ताहरूले जम्मा गरेको अरवाै रकम अबचलन गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएकाे ५ महिना बितिसक्दा समेत नेपालीको खाेजविन हुन सकेको छैन ।

फरार भएका एकजना निर्वाचित जनप्रतिनिधि देवकुमार नेपाली अहिलेसम्म फरार हुदासमेत राज्य ,राजनीति पार्टी माैन हुनु रहस्यकाे बिषय भएको फरार मेयर लाई खाेज्न प्रशासनले तदारुकता देखाउन जरुरी रहेको एमाले गण्डकी प्रदेशका सांसद कृष्ण पाठकले बताए ।

राज्य भनेको ३ तहको सरकार ब्युराेक्रेसी न्यायपालिका प्रहरी प्रशासन देवकुमार आफै स्थानीय सरकार प्रमुख हुदाहुदै बचत कर्ता प्रति गैरजिम्मेवार भएर गायव हुनु राम्रो हैन उनलाई खाेज्ने बारे गृहमन्त्री कहाँ पुगेको नेकपा माआ‌ेवादी केन्द्रका सचिव एवम् सांसद देवेन्द्र पाैडेलले बताए ।

नगर प्रमुख समेत रहेका देवकुमार नेपालीले बचत कर्ता ठगिगरेपछि एमाले पार्टी बाट निर्वाचित भएको कारण उनलाई एमाले बाट निस्कासन गरिसकेको हुदा एमालेलाई यश बिषयमा जाेड्न नहुने एमालेका केन्द्रीय सदस्य डाक्टर सुर्य पाठकले बताए l

ढाेरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बारे व्यापक अनुसन्धान पछि केन्द्रीय प्रहरी ब्युराे सिआइवीले समेतले ठूलो चासोको साथ अगाडि बढिरहेको प्रहरीले सम्पुर्ण अनुसन्धान पछि नेपालीलाई पक्राउ गर्न इन्टरपाेललाइ समेत पत्राचार गरिसकेको हुदा चाडैं पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए ।

बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,ढाेरपाटन नगरपालिका र कास्की पाेखरामा सहकारी संस्था संचालन गरि हजारौं बचत कर्ताहरूले जम्मा गरेका अरवाै रूपैयाँ अबचलन गरि सहकारीका अध्यक्ष एवम् नगर प्रमुख नेपालीफरार भएपछि बचत कर्ताहरूले प्रहरी कार्यालयमा ठगी सम्बन्धि लिखित उजुरी दिएका छन् ।नेकपा एमालेले बाट नगर प्रमुखमा निर्वाचित नेपालीलाई साधारण सदस्य बाट
निस्कासन गरेर पन्छिने काम मात्रै गरेको देखिन्छ ।

नगर प्रमुख नेपाली बाट ठगिएका सहकारी पिडितहरूले ५ महिनादेखि बागलुङ सदरमुकाम देखि काठमाडौ माइतीघर मण्डला सम्म पुगेर चरणबद्ध आन्दोलन गर्दै आएपनि फरार नेपाली अहिलेसम्म पक्राउ पर्न सकेको छैन ।

सहकारी पिडितहरूले बागलुङ देखि काठमाडौ सम्म पुगेर मेयर एवम् अध्यक्ष नेपाली लाई पक्राउ गरि बचत कर्ताहरूकाे रकम फिर्ता गराउने माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् ।

समस्यामा परेका पीडितलाई न्याय दिनुपर्ने ठाउँमा रहेका स्थानीय तहका प्रमुख अध्यक्ष रहेको सहकारी संस्थाबाट सहकारीका सदस्यहरू खुलेआम ठगिन्छन् भने अरू बाट सहकारी पिडितहरूले न्यायको लागि के अपेक्षा राख्ने साेचनिय बिषय बनेको छ ।सरकारले मनपरि ढंगले जथाभावी रूपमा सहकारी दर्ता गर्ने संचालन गर्न दिने तर त्यसलाई नियन्त्रण गर्ने निति नबाएकाे कारण आज जताततै समस्या सृजना भएको देखिन्छ ।

नगरपालिका नगर प्रमुख नेपाली सहकारीका बचत कर्ताहरूकाे अरवाै रकम अवचलन गरेर भागेकाे भन्दै प्रहरी प्रशासनमा लिखित उजुरी परेपछि प्रहरीले ठूलो दबावपछि नगर प्रमुख नेपालीलाई पक्राउ गर्न इन्टरपाेलमा पत्राचार गरिसकेको हुदा छिट्टै पक्राउ पर्ने आशा पीडितहरूले गरेका छन् ।