राष्ट्रिय स्वतन्त्र पार्टीको शुभकामना चियापान

-


     हिडन खबर    
     कार्तिक ५ गते २०८० मा प्रकाशित


बागलुङ ,नेपालीहरूकाे महानचाड बिजया दशमी दिपावली र छठ पर्वकाे पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले सदरमुकाममा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै चियापान गरेको छ ।

बागलुङ उद्योग बाणिज्य संघको सभाहलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमाले काठेखाेला गाउँपालिकाका अध्यक्ष दिलबहादुर कार्की
माआ‌ेवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष राजीव घिमिरे ,राष्ट्रिय जनमाेर्चा नगर अध्यक्ष थानेश्वर सुवेदी ,राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खिमानन्द कडेल ,समाजसेवी केवी रानामगर ,लगायतका बक्ताहरूले नेपालीहरूकाे महान चाड बिजया दशमीकाे सांस्कृतिक महत्त्व नबिग्रिने गरि खर्चिलो भत्किलाे नबनाईकन मनाउँदै जानकाे लागि समाजमा सबैले सकारात्मक भुमिका निभाउनु पर्ने धारणा राखेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति महेन्द्र खड्काकाे अध्यक्षतामा भएको कार्यक्रम रामप्रसाद अधिकारीले स्वागत सदस्य बालकृष्ण सापकोटाकाे संचालनमा सम्पन्न भएको थियो ।