ट्राफिक कार्वाहीमा कडाइ गरेपछि सवारी दुर्घटनामा कमि

-


     हिडन खबर    
     कार्तिक २ गते २०८० मा प्रकाशित


बागलुङ ,कार्तिक २

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले नेपालीहरूकाे महान चाड बिजया दशमी तथा दीपावलीकाे उपलक्ष्यमा
आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तर्किया कार्यक्रममा ट्राफिक प्रहरीले गरेको गतिविधि बारे जानकारी गराएका थिए ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख मीन बहादुर खड्काले आर्थिक बर्ष २०८०/२०८१ साल श्रावण भाद्र र असाेज महिनामा भएको ट्राफिक कार्वाही राजस्व संकलन बारे पत्रकारहरूलाइ जानकारी गराएका थिए ।ट्राफिक सक्रियता पछि श्रावण महिनामा ट्रक र टिपर १२४ वटा कार्वाहीमा बस ११५ वटा कार जिप ५१० वटा ट्याक्टर १४५ वटा माेटरसाइकल ५२८ कार्वाही गरेरद ११ लाख २२ हजार ५ सय भाद्र महिनामा ट्रक टिपर १३८ बस १२४ कार जिप ४९१ ट्याक्टर १४३ माेटरसाइकल ५३२ वटा कार्वाहीमा परि ९ लाख ८३ हजार ५ सय असाेज महिनामा ट्रक र टिपर १५४ बस १०६ कार जिप ७६६ ट्याक्टर १०५ माेटर साइकल ४६९ वटा कार्वाही गरि ११ लाख १० हजार राजस्व संकलन गरेको खड्काले बताए ।

सवारीसाधनका कारण हुने दुर्घटना बाच सुरक्षित रहनकाे लागि जनचेतनामूलक ट्राफिक सचेतना कार्यक्रम बिद्यालयमा अध्ययरत बिद्यार्थी सर्वसाधारण लगायत लाई शिक्षा दिने काम भएको जानकारी गराएका थिए ।

ट्राफिकले गर्ने सवारीसाधन चेकिङ पछि बागलुङ जिल्लामा सवारी दुर्घटनामा कमि आएको विदाकाे दिन सरकारी पास नलिकन चलाउने सवारीसाधन समेत कार्वाहीमा परि जरिवाना तिराउन थालेपछि त्यस्ताे घटनामा कमि आएको पत्रकार भेटघाटमा जानकारी गराएका थिए ।