
राजेशचन्द्र राजभण्डारी
बागलुङ नेपाली हिन्दु धर्मावलम्बीहरूकाे महान चाड नवदुर्गाकाे अष्ठमीका दिन नेपाल कै प्रसिद्ध शक्तिपिठ बागलुङको कालीका भगवती मन्दिरमा पुजा गर्न बिहानैदेखि भक्तजनकाे घुइँचो लागेको छ ।झण्डै दुई बर्ष काेराेनाकाे कारण राम्रोसँग पुजा गर्न नपाएका भक्तजनहरू यसपटक पुजा गर्न आएका छन् ।
नेपाल कै प्रसिद्ध शक्तिपिठकाे रूपमा रहेको कालीका भगवती मन्दिर बागलुङमा नव दुर्गाकाे आठौं दिन अर्थात् अष्ठमीकाे दिन बिहानैदेखि पुजा गर्न भक्तजनहरू आएका छन् ।गण्डकी प्रदेशकाे दाेस्राे ब्यापारी केन्द्रकाे रूपमा रहेको बागलुङ नगरपालिका वडा नम्बर १ काे रमणीय जंगलको बिचमा रहेको मन्दिरमा भक्तजनकाे घुइँचो लागेको छ ।
कालीका भगवती मन्दिरमा आएर पुजा गरे मनले साेचेकाे कुरा पूरा हुने जनविश्वासकाे कारण नवदुर्गाकाे समयमा पुजा गर्न आएको भक्तजनहरूकाे भनाइ छ ।
मन्दिर ब्यवस्थापन समितिले कालीका मन्दिरको स्वरूप पहिलाको तुलना धेरै राम्रो बनाएको कारणले पनि यहाँ आउने भक्तजन बढ्दै गएको स्थानीय बासि भीमसेन पन्तले बताए ।
राेजगारीकाे ८ बर्ष जापान बसाइँ पछि नेपाल आएको
कालीका भगवती मन्दिरको भाैतिक स्वरूप धेरै परिवर्तन भएको महसुस गरेको स्थानीयबासीले बताए ।केही बर्ष अगाडि धार्मिक आस्थामा कमि आएको देखिन्थ्यो अहिले फेरि धार्मिक आस्था बढ्दै गएको कारण मन्दिरकाे भाैतिक संरचना परिवर्तन पछि भक्तजन बढ्दै गएको महसुस गरेको स्थानीयबासी तेजप्रसाद निउरेले बताए ।
आर्थिक मन्दि भएका जनशक्तिहरू राेजगारीकाे लागि बिदेश गएको कारण प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा यसपालि ब्यवस्थापन समितिले साेचे अनुसारको भक्तजनहरू नआएको कालीका मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।
अष्ठमीका दिन भक्तजनहरूले गरेका भाकल पुजाकाे लागि बाेका हाँस कुखुरा रााँगा ,लगायतका पन्चवली दिनेकाे समेत भिड लागेको थियोे ।नवदुर्गा अवधि मध्य अष्ठमीकाे दिन सबैभन्दा बढी भिड लाग्ने गर्छ ।
बागलुङ कालिका भगवती मन्दिरमा चैत्राष्ठमी र बडा दशैमा बिशेष पूजा अर्चना हुन्छ । त्यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेश कै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।
तत्कालीन पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं १५९० मा राज्यारोहण गरेका थिए । उहाँको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भएकाे थियो विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुवासँग मागेर आफूसँगै ल्याएकाे किम्बदन्ती रहेको छ ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ।
कालीका भगवती संग गरेको भाकल पूरा भएकाे भन्दै बिशेश गरि, काठमाडौ, पाेखरा, नारायणगढ, स्याङ्जा, गुल्मी, पर्वत, तनहुँ, गाेर्खा लगायत देशभर बाट दर्शनको लागि आउने गर्छन् ।
कालिका गुठी ब्यवस्थापन समितिले मन्दिर पुजा गर्न आउने भक्तजनकाे सहजाताकाे लागि लाइनमा बसेर सजिलोसँग पुजा गर्ने प्रवन्ध मिलाएको छ ।

















