काठमाडौं - विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन'ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ । यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्साइरहेका छन्…
पुरा पढौ