
काठमाडौं, असार ९
महिला दिदीबहिनीहरूलाई सीप प्रदान गरी स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय र प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT), हेटौंडा मकवानपुरको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क असिस्टेन्ट ब्यूटिसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
चैत २६ गतेदेखि सुरु गरिएको उक्त तालिम ६५ दिनसम्म सञ्चालन भएको थियो। ३९० घण्टाको व्यावसायिक सीपमूलक तालिममा २० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले सौन्दर्य सेवा क्षेत्रसँग सम्बन्धित आवश्यक ज्ञान, सीप, व्यवहारिक अभ्यास र ग्राहकसँगको व्यवहार आदिमा दक्षता हासिल गरेका छन्।
तालिमको समापन अवसरमा आयोजित एक कार्यक्रममा प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमका वक्ताहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिमहरूको प्रभावकारी भूमिका रहेको उल्लेख गरे।
कार्यक्रम आयोजक संस्थाका अनुसार प्रशिक्षार्थीहरूले प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गरी स्वरोजगार सृजना गर्ने मात्र नभई अरूलाई समेत रोजगारी दिने सम्भावना रहेको छ।अहिले लिएको तालिम लाई मात्र तालिमको रूपमा नलिइकन यसलाई ब्यवहारमा र ब्यवसायमा लागू गर्न सकेको खण्डमा मात्र तालिमको सार्थकता रहने धारणा राखेका थिए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य
अनिता नेपाली गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय प्रमुख डाकुरनाथ पराजुली प्रशिक्षक गाेमा थापा कडेल र कल्पना अर्याल बिना गुरूङ तामाङ लगायतले आआफ्नो धारणा राखेका थिए ।
गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय प्रमुख डाकुरनाथ पराजुलीकाे सभापतित्वमा भएको कार्यक्रम
परशुराम रूपाखेतीकाे संचालनमा सम्पन्न भएको थियो ।





















