
बागलुङ, असार १०
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया, बौराचौतारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
नरेठाँटीबाट हटियातर्फ आउँदै गरेको ध १ प ४१६९ नम्बरको मोटरसाइकल र हटियाबाट नरेठाँटी जाँदै गरेको ध १ प ७२४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गलकोट–३ का ४७ वर्षीय सम्मर नेपाली, २३ वर्षीय गणेश नेपाली र २० वर्षीय पवन विक घाइते भएको प्रहरी चौकी हटियाले जानकारी दिएको छ।
घाइते तीनै जनाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।









