
बागलुङ, असार ९
जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. ७५ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख हरिहर शर्माले सोमबार नगरसभा बैठकमा बजेट प्रस्तुत गर्दै आयोजना तथा कार्यक्रमतर्फ रु. ४६ करोड २५ लाख ३० हजार विनियोजन गरिएको जानकारी दिए।
मुख्य बजेट बिवरणः
🔹 संघीय सरकारबाट प्राप्त शर्तसहितको अनुदान – रु. ४३ करोड ४१ लाख
🔹 समपुरक कोष – रु. १७ करोड ४३ लाख
🔹 संस्थागत साझेदारी (सरकारी/गैरसरकारी) – रु. ७० लाख
🔹 नगर संरचना तथा जग्गा व्यवस्थापन – रु. ४० लाख
🔹 चालु खर्च – रु. ११ करोड ९५ लाख
आर्थिक विकास तर्फ – रु. १ करोड ४५ लाख ६२ हजार
सहकारी लेखा प्रणाली, तालिम, दिवस – रु. ३० लाख
लघु उद्यम अभ्यास अवलोकन भ्रमण – रु. १ लाख
प्राविधिक उपकरण वितरण – रु. २ लाख
प्याकेजिङ व्यवस्थापन – रु. १ लाख ५० हजार
सामाजिक विकास तर्फ – रु. ५ करोड ४२ लाख १८ हजार
बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम – रु. १ करोड ३० लाख
वडा नं. ३ मा स्वास्थ्य चौकी भवन निर्माण – रु. ४० लाख
लिड विद्यालय व्यवस्थापन – रु. १० लाख
पूर्वाधार विकास तर्फ – रु. ८ करोड ८२ लाख ४० हजार
नगर प्रशासकीय भवन निर्माण – रु. १ करोड ६० लाख
भवन परिसरको जग्गा संरक्षण – रु. ६० लाख
वडा नं. ८ को सडक (कुश्मीसेरा-सर्कुवा-बिहारथला) – रु. ९७ लाख
मुख्य सडक मर्मत – रु. १५ लाख
वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ – रु. ६२ लाख ५० हजार
विपद् व्यवस्थापन कोष – रु. ३० लाख
फोहोरमैला व्यवस्थापन (बाँसजन्य सामग्री उत्पादन) – रु. ५ लाख
कुश्मीसेरा बजार फोहोर व्यवस्थापन – रु. ३ लाख ५० हजार
सार्वजनिक मुहान, पोखरी संरक्षण – रु. ५ लाख ३८ हजार
हेलिप्याड निर्माण – रु. ५ लाख
सुशासन तथा संस्थागत विकास तर्फ – रु. ३९ लाख
विद्युतीय हाजिरी तथा बायोमेट्रिक सहजीकरण – रु. ३ लाख ५० हजार
सफ्टवेयर, कम्प्युटर, ल्यापटप खरिद – रु. ५ लाख
जैमिनी नगरपालिकाले पूर्वाधार, सामाजिक, आर्थिक र पर्यावरणीय क्षेत्रमा सन्तुलित बजेट विनियोजन गरेको देखिन्छ। योजनाको प्रभावकारी कार्यान्वयनले स्थानीय विकासमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ।













