समाचार

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रहरोम — असार १७, २०८२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालजस्ता भूपरिवेष्ठित तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि दिगो कृषि प्रणाली प्रवर्द्धन तथा हिमाली क्षेत्रको संरक्षणका लागि जलवायु वित्तमा सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभालाई सोमबार रोममा सम्बोधन गर्दै मन्त्री डा. राणाले जलवायु परिवर्तनका कारण नेपाल विशेषगरी हिमाली क्षेत्र गम्भीर संकटमा परेको भन्दै त्यस्ता क्षेत्रहरूका लागि अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। “नेपाल र यस्ता भूपरिवेष्ठित देशका हिमाली क्षेत्र जलवायु संकटका कारण… पुरा पढौ

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि दरिलो सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, असार १६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि प्रभावित राष्ट्रहरूबीच मजबुत सहकार्य आवश्यक रहेको बताएकी छन्। इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभाअन्तर्गत आज सम्पन्न अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले अब ढिलो नगरी सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु राष्ट्रहरू जलवायु परिवर्तनको गम्भीर जोखिममा छन्। यसले उनीहरूको कृषि उत्पादन र जीविकोपार्जनमा प्रत्यक्ष असर… पुरा पढौ

अभिलेख विवाद समाधान गर्न नगरपालिकाको निर्देशन, विद्यालयले गर्‍यो बेवास्ता

बागलुङ, असार १६ बागलुङ नगरपालिका-६ मा अवस्थित लहरेपिपल माध्यमिक विद्यालयमा संस्थापक अध्यक्षसम्बन्धी अभिलेख विवाद चुलिएको छ। यस विवाद समाधानका लागि नगरपालिका कार्यालयले एक हप्ते अल्टिमेटम जारी गरे पनि विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। नगरपालिकाले विद्यालयलाई संस्थापक अध्यक्षसम्बन्धी विवाद समाधान गरी विद्यालयको अभिलेख अद्यावधिक गर्न गत महिना एक हप्ते अल्टिमेटम दिएको थियो। तर डेढ महिना बितिसक्दा पनि विद्यालयले कुनै औपचारिक जवाफ नदिएको नगरपालिकाको भनाइ छ। यसअघि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा अभिलेखमा हेरफेर गरिएको आरोपसहित विवाद अदालतसम्म… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई

काठमाडौं, असार १६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्। गत जुन ११ देखि १५ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाली टिमको उत्कृष्ट प्रदर्शनप्रति प्रसन्नता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक विजेता उर्मिला श्रेष्ठको प्रशंसा गरे। “खेल, विशेषतः शारीरिक सुगठनजस्ता विधा राज्यको प्राथमिकतामा नपरेका क्षेत्र हुन्। अब राज्यले यसलाई प्राथमिकतामा राखेर आवश्यक… पुरा पढौ

नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को चौथो संस्करण काठमाडौंमा

काठमाडौं, असार १५ नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण असार १५ गते काठमाडौंको अनामनगरस्थित सिलाैटाे कटेजमा आयोजना सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसकाे अवसर पारेर नयाँ संस्करण गरिएकाे  नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।  । चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिएकाे थियो । नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिलाैटाे कटेजको सहकार्यमा भएको यस विशेष… पुरा पढौ

नेपाली कांग्रेस बागलुङका पूर्व सभापति गोविन्दप्रसाद कडेलकाे निधन

बागलुङ, १४ असार नेपाली कांग्रेस बागलुङका पूर्व जिल्ला सभापति तथा पूर्व सांसद गोविन्दप्रसाद कडेलको आज असामयिक निधन भएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङले एक प्रेस विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। वि.सं. १९९५ साल पुस १० गते बागलुङको बिँकेटारमा जन्मनुभएका गिरीले २०१७ सालमा पार्टी सदस्यता प्राप्त गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। नेपालका बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनमा उहाँको अग्रणी भूमिका रहेको थियो। वि.सं. २०४६ र २०६२/६३ का जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको र उहाँले… पुरा पढौ

नेपालले नागरिकको खाद्य अधिकारलाई संविधानमै सुनिश्चित गरेको छ : परराष्ट्रमन्त्री डा. राणा

१५ असार, काठमाडौँपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य अधिकारलाई संविधानमा नै सुनिश्चित गरेको बताउनुभएको छ। इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ विशेष सत्रअन्तर्गत अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्ठित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषण सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो। “नेपालले खाद्य अधिकारलाई मौलिक हकको रूपमा लिएको छ, र यस अधिकारको कार्यान्वयनका लागि आवश्यक कानुन तथा नीतिहरू निर्माण गरिएका छन्। खाद्य प्रणाली रूपान्तरण रणनीतिलाई कार्यान्वयन गर्दै… पुरा पढौ

नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा बुद्धिमाया पुन सर्वसम्मत निर्वाचित

काठमाडौं असार १५ नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशनबाट बुद्धिमाया पुन मगर सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएकी छन्। शनिबार काठमाडौंको सौगात पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा तुलबहादुर पुन मगर, महिला उपाध्यक्षमा गायिका दिलु सलामी मगर, सचिवमा रोमु भुजेल मगर, कोषाध्यक्षमा लक्ष्मी पुन मगर र सह–कोषाध्यक्षमा ज्ञानु राना मगर चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा गीता काउचा मगर, रामु पुन मगर, ठगबहादुर काउचा मगर, दिलसरा काउचा मगर, याममाया श्रिष मगर, सन्ध्या मगर, गंगा छन्त्याल… पुरा पढौ

राष्ट्रिय धान दिवस २०८२ को शुभकामना सन्देश

१५ असार, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको गौरवशाली कृषि संस्कृतिको प्रतीकका रूपमा मनाइने राष्ट्रिय धान दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली कृषक वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दै म सम्मान प्रकट गर्दछु। धानबाली नेपालका लागि केवल मुख्य खाद्यबाली मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको मूल स्तम्भ पनि हो। नेपालको कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान दिने धानबाली हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो अध्यक्ष दाहालले भन्नुभएको छ । यस वर्षको… पुरा पढौ

बागलुङको ताराखोलामा टिपर दुर्घटना, दुई जना घाइते

ताराखोला, बागलुङ — असार १४ बागलुङको ताराखोला गाउँपालिका–३ स्थित मनेल भित्री सडकखण्डमा एक टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दुर्घटना शनिबार साँझ ६:२० बजे भएको हो। धादिङ धुनिबेँसी नगरपालिका–९ घर भएका ४२ वर्षीय संजय तामाङले चलाएको बा ४ ख ८७२७ नम्बरको टिपर हटियाबाट ताराखोला जाँदै गर्दा करिब ५० मिटर तल खस्न पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। दुर्घटनामा परेर टिपरमा सवार उदयपुर गढी गाउँपालिका–१ घर भएका २६ वर्षीय सहचालक लिलबहादुर राई सहित दुई जना घाइते भएका हुन्।… पुरा पढौ