सयपत्री ग्रुप ‘सुखदुःखको साथी’द्वारा पवित्र समाजसेवा नेपाललाई सहयोग

-


     राजेशचन्द्र राजभण्डारी     
     चैत्र १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, चैत १५

सामाजिक सञ्जालमार्फत जोडिएको सयपत्री ग्रुप ‘सुखदुःखको साथी’ ले पवित्र समाजसेवा नेपाल लाई सहयोग गरेको छ। फेसबुक र टिकटकबाट संकलित रकमबाट आश्रयस्थलमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई एकछाक खाना खुवाउँदै सहयोग प्रदान गरिएको हो।

ग्रुपमा आबद्ध देश तथा विदेशमा रहेका सदस्यहरूको सहयोगमा असहाय नागरिकहरूलाई खाना खुवाउनुका साथै आवश्यक दैनिक खाद्यान्न सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा सयपत्री ग्रुपका अनन्त लम्साल, राजेशचन्द्र राजभण्डारी, मञ्जु खनाल तथा पवित्र समाजसेवा नेपालकी संस्थापक दीक्षा चापागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सयपत्री ग्रुपका दिनेश खड्काले गरेका थिए।

अनाथ तथा असहायलाई आश्रय प्रदान गर्दै आएको पवित्र समाजसेवा नेपालकी सञ्चालिका दीक्षा चापागाईंका अनुसार संस्था सन् २००२ मा स्थापना भई विगत २४ वर्षदेखि निरन्तर असहाय, बेसहारा तथा बेवारिसे अवस्थामा फेला परेका बालबालिका र वृद्धवृद्धालाई निःस्वार्थ सामाजिक भावनाका साथ सेवा प्रदान गर्दै आएको छ।

उनका अनुसार हाल संस्थामा बालबालिका तथा वृद्धवृद्धा गरी ६८ जना आश्रित रहेका छन् भने ३६ जना बालबालिका नर्सरीदेखि कलेजसम्म अध्ययनरत छन्।
पवित्र समाजसेवा नेपाल बुढानीलकण्ठ नगरपालिका–४, समाजसेवा मार्ग, काठमाडौंमा अवस्थित छ।

सयपत्री ग्रुप सुख दुखकाे साथीले यसअघि मानव सेवा आश्रम रानी वन काठमाडौं लगायतका क्षेत्रमा सहयोग गरेको थियो ।