प्रथम युवा फुटसल प्रतियोगिता सम्पन्न

-


     हिडन खबर    
     चैत्र २१ गते २०८२ मा प्रकाशित


काठमाडौं चैत २१

बागलुङ समाज कल्याण केन्द्रले समयमा समयमा
रचनात्मक गतिविधि गर्ने सिलसिलामा युवाहरूको चाहना र भावना अनुसार फुटसल खेलकाे आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको छ ।

बागलुङ समाज कल्याण केन्द्र बागलुङ युवा समुहद्वारा आयोजीत प्रथम फुटसल प्रतियाेगीता २०८२ शनिबार मनाङ मर्स्याङदि फुटसल ग्राउन्ड सामाखुशीमा सम्पन्न भएको छ ।

फुटसल प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कालीका माई टिम कप्तान सुमित प्रधान दृतिय हुने कालीगण्डकी टिम लाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगितामा ढाेरपाटन टिमले पनि प्रतियोगितामा भाग लिएको थियो ।

प्रमुख अतिथि बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष डाक्टर स्वयम् प्रकाश श्रेष्ठ ,बिशिस्ट अतिथि बागलुङ समाज कल्याण केन्द्रका निर्वतमान अध्यक्ष रसुमिला श्रेष्ठ ,
लगायतका बक्ताहरूले आआफ्नो धारणा राख्नुका साथै आगामी दिनमा यस्तो खालको कार्यक्रम लाई निरन्तरता दिदै जाने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र युवा समुहका सदस्य षकाेण श्रेष्ठकाे स्वागत र बागलुङ समाज कल्याण केन्द्र युवा समूहका सचिव सिद्विला मलेपतिकाे संचालनमा सम्पन्न भएको थियो ।