काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको घटनाले मानव अधिकार एलाइन्स, वागमती प्रदेशको गम्भीर ध्यानाकर्षण गराएको छ। एलाइन्सले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई न्यायालयको मर्यादा र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्ने कार्यको रूपमा व्याख्या गरेको छ। विज्ञप्तिमा भनिएको छ कि वरिष्ठ अधिवक्ता त्रिपाठी थुनछेक बहसमा संलग्न भई आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्थ्यो। तर, अदालत परिसरबाट निस्कने क्रममा केही व्यक्तिहरूले उहाँमाथि हातपात, लछारपछार, र कुटपिटजस्ता अमानवीय व्यवहार गरेका छन्। यो घटनाले कानुन व्यवसायीहरूको सम्मान र…
पुरा पढौ