अभिमन्यु : च्याप्टर–१’ काे काउन्टडाउन सुरु, पोस्टर सार्वजनिक

-


     हिडन खबर    
     जेठ २३ गते २०८२ मा प्रकाशित


हिड्न खबर डट कम

काठमाडौं। बहुप्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले पोस्टर सार्वजनिक गर्दै रिलिजको काउन्टडाउन सुरु गरेको छ। निर्माण टिमले आज चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै ९९ दिनपछि सिनेमा रिलिज हुने जानकारी दिएको हो।

चलचित्र आगामी भदौ २७ गते देशभर रिलिज हुने तयारीमा छ।

पोस्टरमा तराईको जीवनशैली

सार्वजनिक पोस्टरले चलचित्रको पृष्ठभूमि तराई क्षेत्र रहेको संकेत गर्दछ। पोस्टरमा धानबारीको फाँट र केराको बगान देखिएको छ। त्यही दृश्यमा एक युवकले सरकारी विद्यालयको पोसाकमा रहेकी सानी नानीलाई कापी–किताब च्यापेर स्कुलतर्फ लैजाँदै गरेको देखिन्छ। दुवै पात्र मधेसी समुदायका हुन्। दृश्यमार्फत चलचित्रले स्थानीय जीवनशैली समेट्ने प्रयास गरेको बुझिन्छ।

पोस्टप्रोडक्सन चरणमा चलचित्र

हाल चलचित्र पोस्टप्रोडक्सन चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ। चलचित्रको विषयवस्ताबारे विस्तृत खुलासा नगरिए पनि थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्ष झल्काउने संकेत गरेको छ। पैसाको प्रलोभनमा फसेका पात्रहरूको त्यसबाट उम्किन खोज्ने संघर्ष चलचित्रको मुख्य कथावस्तु हुने अनुमान गरिएको छ।

कलाकार र निर्माण टिम

चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासियासुष्मा निरौला लगायत कलाकारहरूको प्रमुख भूमिका रहनेछ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो चलचित्र सुशान्त गौतमको निर्देशनमा तयार भएको हो। ‘अभिमन्यु’ सुशान्तको डेब्यु निर्देशन हो।

चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा संलग्न छन्। थापाले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।

निर्माण टिमको संरचना

चलचित्रका निर्माता विनोद पौडेलगुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईहरि श्रेष्ठ छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेलसन्देश श्रेष्ठ रहेका छन्।

जीवन शाक्य लाइन प्रोड्यूसर हुन् भने आकाश उखेडा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। चलचित्रको सम्पादन मदन घिमिरेले गरेका छन्। निर्माण नियन्त्रकमा सरोज श्रेष्ठ छन्।

चलचित्रका छायांकन निर्देशक (DOP) शरद महतो हुन्।

नेपाली र हिन्दीमा विश्वव्यापी प्रदर्शन

अभिमन्यु : च्याप्टर–१नेपाली र हिन्दी भाषामा एकैसाथ विश्वव्यापी रूपमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ। यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने अपेक्षा गरिएको छ।