बाँके, ६ वैशाख – बाँकेको नरैनापुर गाउँपालिकामा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानी भित्र्याउने पहल तीव्र बनाइएको छ। सौर्य ऊर्जा परियोजना सञ्चालनका लागि भारतीय लगानीकर्तासँग विस्तृत छलफल गरिएको हो। शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसी नमूना, खजुरा गाउँपालिका–२ का वडा अध्यक्ष धनिराम ओली, सौर्य ऊर्जा विज्ञ भरत विश्वकर्मा र प्रेस विज्ञ आलम खान लगायतले भारतीय लगानीकर्तासँग परियोजनाबारे छलफल गरेका थिए। गाउँपालिका अध्यक्ष शाहले नरैनापुर क्षेत्र विकासका दृष्टिले पछाडि परेको भन्दै…
पुरा पढौ