भाग्यको कारुणिक कथा: पुर्णकला विसी र ईश्वर सिंहको आवाजमा नयाँ गीत सार्वजनिक

-


     केपी कुमार जलन     
     कार्तिक १९ गते २०८२ मा प्रकाशित


बागलुङ

जीवनमा मेहनत गर्नेहरू नै भाग्यशाली बन्छन्, भाग्य पर्खेर बस्नेहरू पछि पर्छन्। कर्म नगर्नेहरू भाग्यलाई दोष दिन्छन्, तर बुद्धिमानहरू आफ्नो भाग्य आफैं निर्माण गर्छन्। यस्तै भावनात्मक सन्देश बोकेको गीत ‘भाग्य’ हालै सार्वजनिक गरिएको छ।

संसारको सबैभन्दा अमूल्य चीजभन्दा पनि ठूलो ठानिएको प्रिय व्यक्तिको टाढापनलाई भाग्यको दोष दिइएको कारुणिक कथालाई गीतमार्फत प्रस्तुत गरिएको छ। माया र प्रेमको गहिरो अन्तरभावलाई टपक्क टिपेर सर्जक नारायण कँडेलले शब्द कोरेका छन् भने सर्जक रमेश परियारले संगीत भरेका छन्।

गीतमा गायक ईश्वर सिंह र गायिका पुर्णकला विसीको आवाज रहेको छ। म्युजिक भिडियोमा बिक्रम बुढाथोकी, अनु पराजुली र विराज वास्कोटाले मुख्य भूमिका निर्वाह गरेका छन्।

भिडियो विशाल घिमिरेको निर्देशनमा, बुद्धविर थापाको छायांकन र अमृत चापागाईंको सम्पादनमा तयार गरिएको हो। गीत नारायण कँडेल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।