राजभण्डारी परिवारद्वारा मानवसेवा आश्रमलाई एक कोठा निर्माणका लागि सहयोग

-


     हिडन खबर    
     कार्तिक १८ गते २०८२ मा प्रकाशित


बागलुङ — मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग जुटाउने क्रम निरन्तर जारी छ। महायज्ञ सुरु हुन तीन दिन बाँकी रहँदा पनि दाताहरूले उत्साहपूर्वक सहयोग घोषणा गरिरहेका छन्।

यसै क्रममा बागलुङ नगरपालिका–३ निवासी स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उनका छोराहरू रामचन्द्र, सुवासचन्द्र, सुरेशचन्द्र र प्रकाशचन्द्र राजभण्डारीले आश्रमको निर्माणाधीन भवनका लागि एक कोठा निर्माणार्थ रु ५,११,१११ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

स्वर्गीय अभिभावकको चीरशान्तिको कामना गर्दै गरिएको यस सहयोगपछि आश्रमको भवन निर्माण अभियान थप उत्साहजनक बनेको आश्रमले जनाएको छ।

मानवसेवा आश्रम बागलुङ शाखाले सहयोगापेक्षी मानवहरूको दीगो व्यवस्थापनका लागि आगामी कार्तिक २१ गतेदेखि महायज्ञ आयोजना गर्न लागेको छ।