मानवसेवा आश्रम बागलुङका लागि समाजसेवी मानसिंह छन्त्यालद्वारा रु. १ लाख ५ हजार ५ सय ५५ सहयोग

-


     हिडन खबर    
     कार्तिक १७ गते २०८२ मा प्रकाशित


गलकोट नगरपालिका–१०, पाण्डबखानीका विकासप्रेमी, शिक्षाप्रेमी तथा वरिष्ठ समाजसेवी मानसिंह छन्त्यालले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ रु. १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

मानवता, सेवा र सहयोगको भावनालाई आत्मसात् गर्दै उहाँले प्रदान गर्नुभएको उक्त सहयोग रकम श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०७८ (मिति कार्तिक २१ गतेदेखि २८ गतेसम्म) का लागि संकलन भइरहेको कोषमा जोडिनेछ।

उक्त महायज्ञ मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण, अक्षयकोष वृद्धी तथा “सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल” निर्माण गर्ने अभियानलाई अझ सशक्त बनाउन आयोजना गरिएको हो।

मानवसेवा आश्रमले देशभरका बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, अनाथ तथा सडकमा बसोबास गर्न बाध्य भएका नागरिकहरूलाई उद्धार गरी आश्रय, उपचार, पुनःस्थापना र पुनर्मिलनको कार्य गर्दै आएको छ।

समाजसेवामा अग्रसर मानसिंह छन्त्यालज्यूको यो सहयोगले समाजमा सेवा र मानवीयताको प्रेरणा थप सशक्त बनाउने विश्वास लिइएको छ।

आश्रमको चाहना – सबैको लागि खाना, नाना र छाना
आश्रमको प्रतिबद्धता – सहयोगापेक्षी मानवमुक्त राष्ट्र निर्माण आश्रमको सपना – मानवीयताको राष्ट्र नेपाल