समाचार

पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा ‘नाडा अटो शो’ को अवलोकन, उड्ने कारमा चढेर अनुभव

४ भदौ २०८२, बुधबार, काठमाडौं ।गणतन्त्र नेपालका प्रथम जननिर्वाचित पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा पुर्व प्रधानमन्त्री प्रचण्डले प्रदर्शनीमा राखिएको दुई सिटे उड्ने कारमा चढेर अनुभव लिनुभयो।नेपालमै आयोजना हुने सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिने यस वर्षको ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ मूल्य पर्ने गाडीदेखि लिएर उड्ने कारसम्मका अत्याधुनिक सवारीसाधनहरु प्रदर्शनमा राखिएका छन्। अध्यक्ष प्रचण्डलाई प्रविधिमैत्री शैलीमा रोबोटद्वारा… पुरा पढौ

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा डिप बोरिंग प्रणाली हाललाई स्थगित

काठमाडौं भदौ ४ चन्द्रागिरि नगरपालिका वडा नं. ६ इटाखेल स्थित गुम्बाचोक सामुदायिक वन क्षेत्रमा रहेको खानेपानी ट्यांकीमा डिप बोरिंग प्रणाली हाललाई स्थगित गरिएको छ। महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहलमा अहिले भइरहेको खानेपानीको समस्या लाई परिपुर्ति गर्ने उदेश्यले सुरु गरिएको उक्त डिप बोरिंग प्रणालीलेकाम अर्को सुचना जारी नभएसम्म स्थगित भएकाे वडा अध्यक्ष सन्जय सिग्देलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै साविक डाइरेक्ट खानेपानी आपूर्तिमा देखिएको समस्या समाधानका लागि नयाँ ट्यब डिप बोरिंगको खन्ने… पुरा पढौ

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’— जनै कसरी हराउँछ ? सेन्सर बोर्डबाट यु सर्टिफिकेट प्राप्त

काठमाडौं ।भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले यु (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिबाट सबै वर्गका दर्शकका लागि उपयुक्त ठहर गर्दै फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो। फिल्मको नाम र ट्रेलरले दर्शकमा कथावस्तु प्रतिको चासो अझै बढाएको छ। "जनै कसरी हराउँछ?", "कसको जनै हराउँछ?" भन्ने प्रश्नले दर्शकलाई हलसम्म तान्न खोजिएको देखिन्छ। निर्माण पक्षले कथावस्तु खुलाएका छैनन्। जनैको विषयले कथामा महत्वपूर्ण मोड लिन्छ भन्ने अनुमान… पुरा पढौ

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा शुरू

काठमाडौं, ३ भदौं २०८२ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा शुरू भएको छ। बैठकको अध्यक्षता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन्। बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, सचिवहरू सहित अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको छ। पार्टी भित्रको आन्तरिक समन्वय, सरकारसँगको सम्बन्ध, र आगामी निर्वाचनको तयारीसम्बन्धी विषयहरू पनि बैठकको एजेन्डामा समावेश… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — नाम परिवर्तनको कथा

काठमाडौं — चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सुरुमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ नामले सार्वजनिक गरिएको थियो। तर निर्माण पक्षले केही समयअघि नाम परिवर्तन गर्दै ‘बाहुन’को सट्टा ‘मान्छे’ शब्द प्रयोग गरेको छ। निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही संस्था तथा व्यक्तिहरूबाट अनावश्यक चासो र दबाब आउन थालेपछि नाम परिवर्तन गरिएको हो। यद्यपि, निर्देशक हिमाल न्यौपानेले चलचित्र धार्मिक नभई सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पारेका छन्। उनले भने, “हाम्रो सिनेमा धार्मिक होइन, सामाजिक कथा हो। विषयसँग जोडिएर… पुरा पढौ

बिपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, २ भदौ २०८२ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशीको रिहाइका लागि नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै मन्त्री डा. राणाले भन्नुभयो, “परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखी निरन्तर पहल गरिरहेकी छु। विगत एक वर्षमा राष्ट्रसंघीय महासभा, अन्तर्राष्ट्रिय मञ्चहरू, तथा द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा बिपिनको रिहाइका लागि विशेष आग्रह गरेकी छु।” उहाँका अनुसार, गत असोजमा न्यूयोर्कमा सम्पन्न ७९औँ राष्ट्रसंघीय महासभाको अवसरमा उहाँले… पुरा पढौ

नाग्लिवाङ सेवा समाज काठमाडौंद्वारा हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ १। नाग्लिवाङ सेवा समाज काठमाडौंले नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। काठमाडौंमा बसोबास गरिरहेका नाग्लिवाङबासीबीच एकता, सद्भाव र आपसी सहयोग अभिवृद्धि गर्नु रहेको समाजका अध्यक्ष भोज बहादुर केसीले जानकारी दिनुभयो। “यस किसिमको कार्यक्रमले दुःखसुख साटासाट गर्न सहयोग पुग्ने अपेक्षा गरेको अध्यक्ष केसीले बताउनुभयो । समाजका अध्यक्ष भोज बहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष रेनु केसीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समाजका सचिव कृष्ण केसी र शोभा अर्यालले गर्नुभएको… पुरा पढौ

गीतमार्फत जीवनका पीडा पोख्दै गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापा

काठमाडौं भदौ २ पछिल्लो समय दोहोरी गीतहरू कलाकारहरूको भावनात्मक अभिव्यक्तिको माध्यम बन्दै गएका छन्। विशेष गरी, जीवनका सुख-दुःख, भोगाइका पीडा र समाजमा रहेका तीतामिठा यथार्थलाई उनीहरूले गीतमार्फत पोख्ने गरेका छन्। यस्तै पीडाका कथा समेटिएको एक मार्मिक दोहोरी गीत हालै रितु बोहोरा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ, जहाँ गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापाले आफ्ना अनुभव र भावनाहरू गीतमार्फत प्रस्तुत गरेका छन्। गायिका शान्ति परियार गीतमा यसरी व्यथा पोख्छिन्: “जीवनदेखि बसेछु अगाएर, नदीले नी लगेन बगाएरडाँडै बस्यो चील,… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणासँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध तथा साझा चासोका विषयमा विचारविनिमय भएको थियो। अवसरमा मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै नेपालको एक प्रमुख विकास साझेदारका रूपमा भारत सरकार तथा जनताद्वारा प्रदान गरिएको आर्थिक, प्राविधिक र बहुपक्षीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पछिल्ला समयहरूमा नेपाल–भारतबीच कनेक्टिभिटी अभिवृद्धि, विभिन्न तहमा भएका द्विपक्षीय… पुरा पढौ

भारतीय विदेश सचिव मिस्रीद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

काठमाडौँ, १ भदौ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गर्नुभएको छ। नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले अध्यक्ष निवास, खुमलटारमा पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषयहरू तथा आपसी सहयोगका सम्भावनाहरूमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ। पुरा पढौ