
बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।सवारी दुर्घटना हुदा एसईई ग्रेड वृद्धिको परीक्षा दिएर फर्कदै गरेका विद्यार्थी घाइते भएका हुन् ।
जिप ठोक्किदा .निसीखोला गाउँपालिका– ४ की १६ वर्षीया रेनु विक, सोही ठाउँकी १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाईली र निसीखोला गाउँपालिका–३ बोहोरागाउँका १५ वर्षीय हिमाल शाही ठकुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
घाइते विद्यार्थीहरुको शरीरको विभिन्न अंगमा चोट लगेको उनको भनाइ छ । घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङमा ल्याएर उपचार गर्न थालिएको त्वातीले बताए । दुवै जिपका चालक ३५ वर्षीय सन्तोष थाप र २४ वर्षीय अनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि प्रहरीले तत्कालै ट्राफिक व्यवस्थापन गरेर आवागमन सहज बनाएको थियो।
#









