
नेपाली लोकदोहोरी संगीत क्षेत्रमा सक्रिय मोडल नारायणी खत्री १३औँ म्युजिक खबर म्युजिक अवार्ड–२०८२ अन्तर्गत ‘उत्कृष्ट म्युजिक भिडियो मोडल (महिला) – लोकदोहोरी’ विधाको उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल भएकी छन्।
म्युजिक खबरद्वारा आयोजना गरिँदै आएको यो प्रतिष्ठित अवार्ड नेपाली गीत–संगीत क्षेत्रको महत्वपूर्ण सम्मानका रूपमा परिचित छ। उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक भएसँगै खत्रीले आफूलाई यस स्थानसम्म पुर्याउन सहयोग गर्ने दर्शक, शुभेच्छुक, स्रष्टा तथा सम्पूर्ण संगीतप्रेमीप्रति आभार व्यक्त गरेकी छन्।
उनले अवार्ड जित्नका लागि आफूलाई भोटमार्फत सहयोग गर्न सबैमा आग्रह गर्दै नेपाली लोकदोहोरी संगीतप्रति दर्शक–श्रोताले देखाउँदै आएको माया र समर्थनप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
लोकदोहोरी क्षेत्रमा सक्रिय रहँदै आएकी खत्रीले विभिन्न म्युजिक भिडियोमार्फत आफ्नो अभिनय र प्रस्तुतिका कारण दर्शकमाझ छुट्टै पहिचान बनाउन सफल भएकी छन्। उत्कृष्ट पाँच मनोनयनमा पर्नु उनको सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।










