बाख्रा चराउन गएका १५ वर्षीय किशोर मृत अवस्थामा फेला

-


     हिडन खबर    
     असार ४ गते २०८३ मा प्रकाशित


बागलुङ, असार ४ — बागलुङको ढोरपाटन नगरपालिका–५ सहुथोकमा एक किशोर मृत अवस्थामा फेला परेका छन्।

ढोरपाटन नगरपालिका–९ जुरेका १५ वर्षीय अरुण घर्ती मगर बाख्रा चराउन गएका बेला बेपत्ता भएका थिए। उनी साँझसम्म घर नफर्किएपछि आफन्तहरूले खोजी सुरु गरेका थिए।

खोजतलासका क्रममा मामाघरबाट करिब ३०० मिटर उत्तरतर्फ रहेको धो खोलाको किनारमा उनको टाउको तथा ढाडको भाग ढुङ्गाले च्यापिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे मृतकका मामा टेकबहादुर पुनले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा दिउँसो २ः१० बजे
जानकारी गराएपछि प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा घटनास्थलतर्फ पाँच सदस्यीय प्रहरी टोली खटिएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट करिब ८ किलोमिटर उत्तरमा पर्छ। घटनाको प्रकृति तथा मृत्युको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तस्बिर एआई