बागलुङ समाज कल्याण केन्द्र महिला समूहकाे अध्यक्षमा मन्दिरा श्रेष्ठ चयन

-


     हिडन खबर    
     असार ६ गते २०८३ मा प्रकाशित


काठमाडौं, असार ६

बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौंको ११औँ भेला तथा अधिवेशन समूहकी संयोजक श्रीमती सोनी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

कान्तिपथस्थित येलो पगोडा होटलमा आयोजित कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष डा. स्वयम् प्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

अधिवेशनले श्रीमती मन्दिरा श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको निवर्तमान अध्यक्षमा सोनी श्रेष्ठ, उपाध्यक्षमा मञ्जु राजभण्डारी, सचिवमा संगम भारी र कोषाध्यक्षमा सहनशिला शाक्य चयन भएका छन्।

सदस्यहरूमा कल्पना राजभण्डारी, निर्मला बडगामी, सृजना हाडा, सरजला राजभण्डारी, बबिना जोशी, चाँदनी राजभण्डारी र सोशिल शाक्य रहेका छन्। नवगठित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सहभागीहरूले महिला सशक्तीकरण, सामाजिक एकता र संस्थाको विकासमा सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए।

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा महिला समूहलाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनले महिला समूहको संस्थागत विकास, सामाजिक सहभागिता तथा बागलुङ समाज कल्याण केन्द्रसँगको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा समाजका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।