समाचार

‘एक्टर: टेक वन’को गीत १० लाख भ्युज पुगेपछि हर्कुलसले भने, “यो टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको छु”

काठमाडौं - माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘के भरोसा गरम’ रिलिजको एक दिनमै युट्युबमा १० लाख नाघेपछि यसका सङ्गीतकार तथा गायक हर्कुलस बस्नेतले भाग्यमानी महसुस गरेको बताएका छन् । बस्नेतले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एक्टर टिमसँग उभिन पाउँदा भाग्यमानी ठानेको बताएका हुन् । उनले भनेका छन्, “यो घोषणा गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ कि हाम्रो गीतले लगभग एक दिनमै एक मिलियन भ्यूज पार गरेको छ । जसले ममाथि आँखा बन्द गरेर विश्वास गर्नुभयो,… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ, पुस २२ नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

लायन्स क्लब अफ मुक्तिनाथकाे आयोजनामा ५३ जना माेतिया बिन्दु भएका बिरामीको निशुल्क अप्रेसन

बागलुङ । हामी सेवा गर्छाैं भन्ने उदेश्यका साथ गठन भएकोअन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको आयोजना र माट्रिका आई केयर सेन्टर काठमाडौंको प्राविधिक सहयोगमा जैमिनी नगरपालिकाको कुश्मिसेरा र बागलुङ नगरपालिकाको वलेवामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको कुश्मिसेरामा पुष १७ गते र वलेवा नारायणस्थानमा पुष १८ र १९ गते संचालन भएको आँखा शिविरमा ६ सय जना बिरामीको उपचार भएकोमा मोतीया विन्दु भएका विरामी छनोटपछि ५३ जना मोतिया विन्दु भएका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको लायन्स क्लब… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ कमेडी र कथा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा एकसाथ देखिएको पोस्टरले सिनेमाप्रतिको अपेक्षा बढाइदिएको हो । चलचित्रको मख्य प्रचार सामग्रीमध्यको एक हो पोस्टर । पोस्टरको राम्रो डिजाइन भयो भने त्यसले चलचित्रको कथा भन्दै दर्शकमा कौतुहलता बढादिन्छ । यो काम ‘लाज शरणम्’को पोस्टरले गर्यो । पोस्टर राम्रो हुँदा र दर्शकले त्यसलाई मन पराइदिँदा सिनेमा नै प्रतिक्षित बन्छ । दर्शक सिनेमा रिलिजको पर्खाइमा हुन्छन् । यो सफलता पनि ‘लाज शरणम्’ले पायो । पोस्टर, टिजर र… पुरा पढौ

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’ घोषणा

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । सरोज पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ । परपर क्षितिज छ । घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

लेखनाथ, २१, पौष ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमाअवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो ।महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र… पुरा पढौ

स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

पुष २१ । स्याङ्जा घर वा माइत भैँइ पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आउनु भएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दे पोखरा महानगर पालिका वडानम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको नेतृत्व विकासको लागि यस्तो समाजले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उद्यमी बन्न चाहने ३० जना महिलाहरूलाई वडाको तर्फ बाट तालिम प्रदान गर्न लागिएको बताउनु भयो ।… पुरा पढौ

पाेखरामा घाम लाग्याे रमाईलाे म्युजीक भिडियाेमा काठेखाेला रेसाकी बाल कलाकार आरूशी कार्कीकाे दमदार नृत्य

कास्की । पुस महिनाकाे सिरेठाे फेवातालकाे मनाेरम दृश्य अन्नपुर्ण माछापुच्छ्रेकाे हिमश्रृङखला पाेखरा पर्यटकिय हिसावले महत्वपूर्ण शहर मानिन्छ यही पाेखरालाई गीत संगितका माध्यमबाट पाेखराकाे पहिचानलाई गित संगितकाे माध्यमबाट देश बिदेश भर चिनाउन कलाकारहरू पनि लागि परेका छन । भर्खर मात्र लाेकप्रिय गायक राजन कार्कि ,जीवन दाहाल र गायिका शाान्त रानी परियारकाे अाबजमा रहेकाे पाेखरामा घाम लाग्याे रमाईलाे बाेलकाे लाेक दाेहाेरी गितमा बाल कलाकार आरूशी कार्कि र जिनेश दाहालको निकै उत्कृष्ट नृत्य देख्न सकिन्छ । बागलुङ काठेखाेला गाउपालिका ७ रेशाकी ९ बर्षिय… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक, आना र दिव्यासँग रोमान्टिक प्रदिप

काठमाडौं । माघ १६ गते रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ तर, चलचित्रको टिजरमा भने अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस चलचित्रको कथा अर्कै रहेको सङ्केत गरेको थियो । गीतको भिडियोले यस चलचित्रमा प्रदिप दोहोरो भूमिकामा त छैनन् ? भन्ने प्रश्न पनि  उब्जाएको… पुरा पढौ

मालिका सेवा समाजको साधारण सभा सम्पन्न

बागलुङ, २० पुस– मालिका सेवा समाज बागलुङको साधारण सभा शनिवार विविध कार्यक्रममा साथ सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन अनन्तश्री विभुषित जगदगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालय बाबाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले मालिका सेवा समाजले विभिन्न समाजसेवा संगै धर्म संस्कृतिको क्षेत्रमा पनि काम गर्नुपर्ने वताउनुभयो । सामाजिक विकृति विसंगतिको अन्त्य गर्दै निर्माणाधिन कुवेरधाम, मालिका मन्दिर लगायतका धार्मिक सम्पदाको संरक्षण गर्नका लागि सवै सरोकारवाला जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर – ५ का वडा… पुरा पढौ