कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

-


     हिडन खबर    
     जेठ १४ गते २०८२ मा प्रकाशित


पोखरा, हिड्न खबर — पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको मधुर वाणीले भक्तजनलाई मन्त्रमुग्ध बनाइरहेको छ।

भारतबाट सिधै पोखरा आइपुगेकी उनले बिहान भक्तजनसँग भेटघाट र दिनमा प्रवचन गर्दै हजारौँलाई भक्ति भावमा डुबाएकी छन्। नेपाली र हिन्दी भाषामा प्रवचन दिने उनको शैलीले धार्मिक चेतना थप सशक्त बनाएको छ।

महायज्ञमा नेपालकी राधिका दासीसहित देश-विदेशका साधु–सन्तहरूले प्रवचन दिइरहेका छन्। विभिन्न संघसंस्था तथा भक्तजनबाट लाखौँ रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको छ।

यसैक्रममा सुरु भएको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा देशभरका ९० विद्यार्थी सहभागी छन्। भोलि विशेष प्रशिक्षण कार्यक्रमसमेत आयोजना हुनेछ।

मानव सेवा फाउन्डेसनद्वारा सञ्चालन गरिएको यो महायज्ञमा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक आहुति अर्पण गर्दै विभिन्न पूजाआजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रम गरिँदैछ। महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।