
काठमाडौं जेठ १२
बजारमा ब्यापार ब्यवसाय गरेर पनि आफ्नो ब्यवसाय दर्ता नगरेपछि चन्द्रागिरि नगरपालिका ६ नम्बर वडा कार्यालय स्थानीय तहको ऐन नियमको परिधिभित्र रहेर बजारका ब्यवसाय दर्ता भए नभएको अनुगमन गर्न शुरू गरेको छ ।
६ नम्बर वडा भित्र ब्यवसायी गरेर बसेका ब्यवसायीहरूले
संचालन गरिरहेकाे ब्यवसाय संबंधित वडामा दर्ता भए नभएको करको दायरामा आए नआएको वडाका जनप्रतिनिधि, कर्मचारी ,पत्रकार सहितको टाेलीले अनुगमन शुरू गरेको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ विहिबार देखि जनप्रतिनिधि कर्मचारी सहित बजारमा ब्यवसाय दर्ता भए नभएको पसल पसलमा पुगेर हेर्ने नभएका लाई दर्ता गर्न आउन अनुरोध गरेको चन्द्रागिरि नगरपालिका ६ का वडा सचिव संजय तन्दुकारले बताए ।
ब्यवसाय दर्ता कसरी गराउने दर्ता गर्दा वडा संग पनि सम्बन्ध बढ्न करको दायरा पनि बढ्ने भएको हुनाले पनि यो अभियान एक साता सम्म गर्ने पछि एक एक महिनामा गर्ने कार्यक्रम रहेको ६ नम्बर वडाका जनप्रतिनिधि शान्ता बलामीले बताए ।
६ नम्बर वडा भित्र संचालित कपडा तथा फेन्सी पसल ,
फलफूल पसल ,मासु पसल ,हाेटल रेस्टुरेन्ट ,हार्डवेयर पसल ,माेवाइल तथा कम्प्युटर पसलमा पुगेर पसल दर्ता नभएका लाई एक साताभित्र वडा कार्यालयमा दर्ता गर्न पत्राचार गरेको छ भने दर्ता भएका ब्यवसायीलाई नबिकरण गर्न अनुरोध गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ भित्र कति ब्यवसायी छन् भन्ने एकिन तथ्यांक नभएको सबै ब्यवसायी वडा दर्ता हुन नआएको कारणले पनि जनप्रतिनिधि र कर्मचारीले सबै ब्यवसायीलाई करकाे दायरामा ल्याउनकाे लागि अभियान संचालन गरेको देखिन्छ ।




















