समाचार

दर्शन फाउन्डेसनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

पोखरा । दर्शन फाउन्डेसन, पोखराको आयोजनामा एकदिने निःशुल्क आँखा परीक्षण शिविर पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज, माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । शिविरमा ४११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा मोतिबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल, पोखरा सिफारिस गरिएको आयोजकले जनाएको छ । शिविरमा निःशुल्क चस्मा, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको… पुरा पढौ

मुस्ताङ जिल्लामा जलवायु परिवर्तनको असर

विषय प्रवेशमुस्ताङ जिल्ला नेपालको हिमाली भू–भागमा अवस्थित एक विशिष्ट ट्रान्स–हिमालय क्षेत्र हो, जहाँ प्राकृतिक, सांस्कृतिक तथा जैविक विविधताको अद्वितीय संगम पाइन्छ। परम्परागत रूपमा कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोतमा आधारित यहाँको जीवनशैली पछिल्ला दशकहरूमा जलवायु परिवर्तनका कारण तीव्र दबाबमा परेको छ। तापक्रम वृद्धी, हिमपातमा कमी, अनियमित हिमपात, हिमनदी संकुचन, पानीका मुहान सुक्दै जानु, अनियमित वर्षा, सुख्खापन, भू–क्षय तथा कृषि उत्पादनमा गिरावटजस्ता समस्या मुस्ताङका प्रमुख चुनौती बनेका छन्। विभिन्न अध्ययनहरूले बढ्दो तापक्रम, वर्षाको अनिश्चितता, हिमनदीको क्षेत्रफलमा कमी, सिंचाइमा आधारित कृषि प्रणालीमा… पुरा पढौ

“Friday for Future” अन्तर्गत दुईदिने सहजीकरण कार्यशाला सुरु

बागलुङ, जेठ १ “Friday for Future” कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१ मा आधारित दुईदिने सहजीकरण कार्यशाला बागलुङमा सुरु भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा जेठ १ र २ गते जिल्ला समन्वय समिति बागलुङको सभाहलमा कार्यशाला सञ्चालन गरिएको हो। कार्यशालामा विभिन्न स्थानीय तह, विद्यालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा “Friday for Future” कार्यक्रमलाई विद्यालय तथा समुदायस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा सहजीकरण गरिएको थियो। सहभागीहरूले बालबालिकामा सिर्जनशीलता, नेतृत्व विकास, वातावरण संरक्षण… पुरा पढौ

पशुपंक्षी सम्बन्धी कसुरमा बागलुङमा १० जना पक्राउ

बागलुङ, वैशाख ३० — बागलुङ प्रहरीले पशुपंक्षी सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढाेरपाटन नगरपालिका–३ घाेषा क्षेत्रमा गोरु काटी मासु बिक्री तथा सेवनका लागि तयारी भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले मंगलबार छापा मारेको हो। प्रहरीले घटनास्थलबाट होस्पाटन निवासी ४० वर्षीय लालवीर विक, २१ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर रोका, ५३ वर्षीय तिलप्रसाद सुनार, ६० वर्षीय थामबहादुर सुनार, ४६ वर्षीय विमल विक, २२ वर्षीय विनोद सुनार, ३० वर्षीय जालबहादुर… पुरा पढौ

बागलुङमा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरु

बागलुङ, वैशाख २८ श्री नं २३ बाहिनी अड्डा बागलुङको आयोजनामा सोमबारदेखि ‘बाहिनीपति ट्रफी प्रतियोगिता–२०८३’ सुरु भएको छ। नेपाली सेनाको २३ नं बाहिनी अन्तर्गत रहेका गण तथा गुल्महरूको सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ तथा निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले संयुक्त रूपमा गर्नुभएको थियो। प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ तथा एथलेटिक्स गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा श्री नं ३२ बाहिनी अड्डा, कालिजंग गण बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख… पुरा पढौ

फणीश्वरनाथ रेणुको ‘कुली सात सालको कथा’ परिचर्चा तथा सिर्जना उत्सव सम्पन्न

पोखरा, वैशाख ।२८ समयदृष्टि पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति ‘कुली सात सालको कथा’ माथि परिचर्चा एवं सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्तिलाई इतिहाससँग जोडेर प्रस्तुत गरेको बताए । उनले उक्त कृतिमा सात सालको कथा मात्र नभई नेपालको राणा शासनविरुद्धको संघर्ष र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे । हिन्दीमा लेखिएको उक्त कृतिलाई तुलसी… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ भन्दा बढीलाई जिम्मेवारी

२०८३ बैसाख २८, सोमबार – काठमाडौं लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ का लागि संगठनात्मक संरचना सुदृढ बनाउन बागमती क्षेत्रअन्तर्गतको क्याबिनेट विस्तार कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा काठमाडौंमा आयोजित विशेष समारोहमार्फत ५४५ भन्दा बढी सदस्यलाई विभिन्न विभागीय तथा संगठनात्मक जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा वरिष्ठ लायन्स व्यक्तित्व, पूर्व गभर्नर, विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, सामाजिक अभियन्ता र देशभरका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहलाई आगामी कार्यकालको नेतृत्व, सेवा अभियान र… पुरा पढौ

नवनिर्वाचित आत्रेय र ओझालाई लेखनाथ उद्योग वाणिज्य संघको बधाई तथा सम्मान

लेखनाथ, २६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न ६०औं निर्वाचनमा कार्यकारिणी सदस्य पदमा अत्यधिक मत प्राप्त गरी निर्वाचित संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय तथा गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ। कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा क्रमशः केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित भएको बताउँदै यसबाट संघको विगतदेखि नै… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कर छुटको कानुनी व्यवस्था गर्न महासंघको आग्रह

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट हुने कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० जुलाई २८ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा परिभाषित गरेको थियो। नेपालको संविधानको धारा ३५ को उपधारा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था मौलिक हकमै गरिएको छ। मानव अधिकारको प्रत्याभूति तथा संविधानले सुनिश्चित गरेको मौलिक हक कार्यान्वयनका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था/समितिहरूले गैरनाफामूलक… पुरा पढौ

महायज्ञमा पाण्डे दम्पतीको प्रेरणादायी सहयोग : वैवाहिक वर्षगाँठमा रु. ५४ लाखभन्दा बढी दान

पोखरा । आफ्नो वैवाहिक जीवनको ५९औँ वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै पोखरा–८, कास्की निवासी समाजसेवी तथा मानवताप्रेमी दम्पती हरि पाण्डे र श्रीमती तुलसा पाण्डेले मानवसेवा आश्रमद्वारा आयोजित “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा रु. ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । मानवसेवा आश्रम, पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजन सेवा अन्तर्गत १८ दिनको वार्षिक भोजन… पुरा पढौ