समाचार

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

१३ असार, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार इटाली प्रस्थान गर्नुभएको छ। उहाँले सम्मेलनको प्रमुख सत्रका साथै सो अवधिमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूमा समेत नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, साथै परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्। एफएओ सम्मेलनपश्चात… पुरा पढौ

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

बागलुङ, असार १२ सवारी ज्यान तथा अंगभंग कसुर मुद्दाका फरार अभियुक्त हेमन्तबहादुर शाहीलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला बागलुङको साबिक भुकुण्डे गाविस–९ (हाल बागलुङ नगरपालिका–१०) निवासी ५६ वर्षीय शाहीलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। शाहीमाथि सवारी ज्यान तथा अंगभंग मुद्दामा जिल्ला अदालत बागलुङले २०६१ सालको फैसलामा ८ वर्ष ११ महिना १३ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि फरार रहेका उनलाई लामो समयको खोजीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले… पुरा पढौ

वैदेशिक रोजगारीमा रहेका नेपालीको विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौं, असार १२ — विदेशमा रहेका नेपाली नागरिकको विस्तृत विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उक्त एपको संयुक्त रुपमा शुभारम्भ गर्नुभयो। एपमार्फत श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुले आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सक्ने छन्। यो प्रणालीले कुन देशमा कति नेपाली, कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहज रूपमा लिन सकिने व्यवस्था मिलाइएको छ। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा… पुरा पढौ

नाबालिकामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

बागलुङ, १२ असार — १४ वर्षीया नाबालिकामाथि सामूहिक रूपमा जबरजस्ती करणी गरेको आरोपमा बागलुङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत जेठ २८ गते साँझ घर फर्किने क्रममा आफन्तको घरबाट फर्किंदै गरेकी बालिकालाई बडिगाड गाउँपालिकामा सामूहिक बलात्कार गरिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेहरूमा बडिगाड गाउँपालिका–८ निवासी ३० वर्षीय यामप्रसाद श्रीस, २५ वर्षीय गुणबहादुर श्रीस र ३५ वर्षीय झमु श्रीस रहेका छन्। उनीहरूलाई घटनापछि लुकिछिपी बसिरहेको अवस्थामा सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक… पुरा पढौ

धरानका दलहरूद्वारा प्रचण्डलाई बीपी प्रतिष्ठान सम्बन्धी ज्ञापनपत्र

१२ असार, काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धरानका प्रमुख राजनीतिक दलहरूको प्रतिनिधिमण्डलले संयुक्त ज्ञापनपत्र बुझाएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी उक्त टोलीले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई 'छाता ऐन' (Umbrella Act) बाट छुट्याई पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले बीपी प्रतिष्ठान पूर्वी नेपालको पुरानो तथा महत्वपूर्ण स्वास्थ्य संस्था भएको बताउँदै व्यवस्थापन पक्ष सन्तोषजनक नहुनु दुर्भाग्यपूर्ण… पुरा पढौ

जैमिनी नगरपालिकामा विद्यालयस्तरीय न्यायिक सचेतना कार्यक्रम सञ्चालन

बागलुङको जैमिनी नगरपालिकामा रहेको न्यायिक समितिले नगरभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कानुनी साक्षरता तथा बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। यसै सन्दर्भमा बुधबार जैमिनी नगरपालिका–८ स्थित वसन्त माध्यमिक विद्यालय रिठावट, जनकल्याण मावि छिस्ती तथा वडा नम्बर ७ मा रहेको संस्कृत माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो। “कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने सन्देश विद्यार्थीहरूसमक्ष पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो। कार्यक्रमका क्रममा समितिका सदस्य चित्रप्रसाद चापागाईंले कार्यक्रमको उद्देश्यबारे… पुरा पढौ

सयपत्री ग्रुप ‘सुख–दुःखकाे साथी’ संस्थागत, कार्यसमिति चयन

काठमाडौं, असार १२ सामाजिक सञ्जालमार्फत एक्यवद्ध भएर सुरु गरिएको सयपत्री ग्रुप–सुखदुःखकाे साथी गठन भएको एक वर्षपछि यसलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित कार्यसमिति चयन गरिएको छ । काठमाडौंको भैंसीपाटीस्थित हरियाली रिसोर्टमा आयोजित विशेष भेलाबाट सयपत्री संस्थाको औपचारिक घोषणा गर्दै अनन्त कुमार लम्सालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष: टीका शर्मा सचिव: प्रशान्त राज कार्की सह–सचिव: प्रजिना कार्की कोषाध्यक्ष: दिनेश खड्का सह–कोषाध्यक्ष: मञ्जु खनाल र सदस्यहरूमा पुजन कार्की, माला गजमेर, इना कुमारी श्रेष्ठ राजभण्डारी,… पुरा पढौ

संसदीय समितिबाट पारित विधेयकहरूमा छेडखानी नगर्न प्रचण्डको चेतावनी

काठमाडौं, ११ असार २०८२नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत हुँदा हुने चलखेल र छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका अध्यक्ष प्रचण्डले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभाको कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइने कार्यप्रति… पुरा पढौ

बागलुङ नगरपालिकाको एक अर्ब ३० करोडको बजेट सार्वजनिक

बागलुङ, असार १०बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३० करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख राजु खड्काले नगरसभामा बजेट प्रस्तुत गर्दै संघ, प्रदेश र आन्तरिक स्रोतहरूको अनुमानित आम्दानीका आधारमा बजेट निर्माण गरिएको जानकारी दिनुभयो। बजेटको प्राथमिकता पर्यटन, शिक्षा, पूर्वाधार विकास र सामाजिक सेवा क्षेत्रमा दिइएको छ। यसअघि सोमबार नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथिको छलफलपछि मंगलबार बजेट प्रस्तुत गरिएको हो। बजेट स्रोत विवरण नगर उपप्रमुख खड्काका अनुसार बजेटका प्रमुख… पुरा पढौ

जलजला गाउँपालिकाको ५९ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक

पर्वत, असार १०पर्वत जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५९ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिका केन्द्र लामाखेतस्थित सभाहलमा सम्पन्न १९औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष दीपक आचार्यले प्रस्तुत गरेको बजेट छलफलसहित पारित गरिएको हो। त्यस्तै, अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत रूपमा पारित भएको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको कुल बजेटमध्ये ३६ करोड ५६ लाख २२ हजार रुपैयाँ चालु खर्चका… पुरा पढौ