जेष्ठ सदस्य केसीको राष्ट्रपतिभवनमा शपथ ग्रहण कार्यक्रम तय

-


     हिडन खबर    
     चैत्र ९ गते २०८२ मा प्रकाशित


काठमाडौँ — राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाका माननीय ज्येष्ठ सदस्य अर्जुननरसिंह के.सी. लाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ।

रामचन्द्र पौडेल समक्ष हुने उक्त शपथ ग्रहण कार्यक्रमका लागि संघीय संसद् सचिवालयलाई पत्राचार गर्दै उपस्थिति जनाउन अनुरोध गरिएको हो।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण कार्यक्रम चैत ११ गते बुधबार बिहान ११:१५ बजे राष्ट्रपति भवन शीतल निवास मा आयोजना हुनेछ।उक्त कार्यक्रमको जानकारी निमित्त सचिव रितेशकुमार शाक्य ले दिएका हुन्।