समाचार

रमेश विक्रम रत्नको ‘नाचिदेउ गौथली’ सार्वजनिक,

लोकसांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक रमेश विक्रम रत्नको नयाँ लोकगीत ‘नाचिदेउ गौथली’ सार्वजनिक भएको छ। मौलिक लोक लय, आकर्षक कथा र सशक्त दृश्य प्रस्तुतिसहित तयार गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ। गीतमा रमेश विक्रम रत्न र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं रमेश विक्रम रत्नले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज डंगोलले गरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका… पुरा पढौ

गौरीधाम शिवमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रसाद वितरण

बागलुङ, साउन १९ बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिवमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघको आयोजना तथा नेपाली सेनाको कालिजंग गण, घोडाबाँधे ब्यारेक बागलुङको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित शिविरमा स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा लिएका थिए। शिविरमा विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण, आवश्यक स्वास्थ्य परामर्श तथा औषधि वितरणसमेत गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले… पुरा पढौ

ग्यास सिलिन्डर कालोबजारीमा संलग्न व्यक्ति पक्राउ६०सिलिन्डर बरामद

बागलुङ, साउन १९ बागलुङमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री–वितरण गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय बजारमा उपभोक्ता ठगी र कालोबजारी नियन्त्रणलाई प्राथमिकता दिइरहेका बेला प्रहरीले ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१३ निवासी ४३ वर्षीय भूपति जैसीलाई एलपी ग्यास कालोबजारी गरेको आरोपमा नियन्त्रणमा लिइएको छ। प्रहरीले रामरेखा क्षेत्रमा शंकास्पद अवस्थामा गुडिरहेको पिकअप भ्यान जाँच गर्दा ४१ वटा भरिएका र १९ वटा खाली… पुरा पढौ

राजसंस्था पुनःस्थापनाको माग गर्दै बागलुङमा हस्ताक्षरअभियान सुरु

बागलुङ, साउन १९ राजसंस्था पुनःस्थापनाको माग गर्दै बागलुङमा हस्ताक्षर अभियान सुरु गरिएको छ। शाही युवा शक्ति नेपालको आयोजनामा तथा स्वतन्त्र नागरिक समूह बागलुङको समन्वयमा ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ सञ्चालन गरिएको हो। बागलुङ कालिका भगवती मन्दिरको मूल प्रवेशद्वार अगाडि आयोजित कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको आयोजकले जनाएको छ। अभियानमार्फत राजसंस्था तथा सनातन हिन्दू राष्ट्रको पक्षमा जनमत सङ्कलन गरी सम्बन्धित निकायसमक्ष नागरिकको धारणा प्रस्तुत गर्ने उद्देश्य रहेको बताइएको छ। अभियानका संयोजक तथा स्वतन्त्र नागरिक समूह बागलुङका अध्यक्ष बलराम हमालले राजसंस्थासम्बन्धी विषयमा जनमत… पुरा पढौ

मध्यपहाडी लोकमार्गमा जीप दुर्घटना, चालक सकुशल

बागलुङ, साउन १९ — मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गल्कोट नगरपालिका–४ भलावट क्षेत्रमा गएराति जीप दुर्घटना भएको छ। प्रहरीका अनुसार नरेठाँटीबाट हटियातर्फ जाँदै गरेको ग १ ज ६७८५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ४० मिटर तल खेतमा खस्दा दुर्घटना भएको हो। गएराति करिब १०:१५ बजे भएको दुर्घटनामा गल्कोट नगरपालिका–१ दुधिलाभाटी निवासी चन्द्रबहादुर भण्डारीको स्वामित्वमा रहेको जीप पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जीप पर्वतको फलेवास नगरपालिका–११ पाङ्ग्राङ निवासी २४ वर्षीय सोमबहादुर नेपालीले चलाइरहेका थिए। दुर्घटनामा कुनै… पुरा पढौ

निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न, ५५० जनाभन्दा बढी लाभान्वित

काठमाडौं, साउन १८ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक सेवाका विविध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। यसैक्रममा “We Serve” (हामी सेवा गर्छौं) भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालको आयोजना तथा ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापस्थित कंकाली माध्यमिक विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा करिब ५५० जना विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको निःशुल्क दन्त परीक्षण गरिएको क्लबले जनाएको छ। कार्यक्रममा सहभागीहरूलाई दन्त स्वास्थ्यसम्बन्धी परामर्श तथा सचेतनामूलक… पुरा पढौ

काठमाडौंमा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन १८ । “हामी सेवा गर्छौं” भन्ने मूल नाराका साथ स्थापित संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था Lions International अन्तर्गत Lions International District 325 K Nepal को बागमती एरियामा रहेका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (Induction & Joint Installation) कार्यक्रम काठमाडौंको गंगबुस्थित बीजी बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। लायन वर्ष २०२६/२७ का लागि आयोजित कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला गभर्नर रमेश अधिकारी, प्रथम उपजिल्ला गभर्नर… पुरा पढौ

लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको ११औँ चार्टर डे सम्पन्न, बालगृहमा भोजन तथा ब्याग वितरण

काठमाडौं, साउन १७ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले आफ्नो ११औँ चार्टर डे विभिन्न सामाजिक सेवामूलक कार्यक्रमसहित उल्लासमय वातावरणमा सम्पन्न गरेको छ। तारकेश्वर–३, ठूला गाउँस्थित मातृ नेपाल बालगृहमा आयोजित कार्यक्रममा बालबालिकालाई भोजन गराउनुका साथै विद्यालय झोला (ब्याग) वितरण गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा, भोकमरी न्यूनीकरण तथा बालबालिकाको शैक्षिक सहयोगमा योगदान पुर्‍याउनु रहेको क्लबले जनाएको छ। क्लबका अध्यक्ष लायन टिका दत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका प्रथम… पुरा पढौ

खुसीयालीपूर्ण जीवनका रहस्यबारे प्रहरीलाई उत्प्रेरणात्मक प्रशिक्षण

बागलुङ, साउन १७ जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, शाखा कार्यालय बागलुङको समन्वयमा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, तनाव व्यवस्थापन तथा खुसीयालीपूर्ण जीवनका रहस्य विषयक उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईसहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ब्रह्माकुमार ऋषिराम न्यौपानेले प्रेरणादायी प्रशिक्षण प्रदान गर्दै सकारात्मक सोच, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, कार्यस्थलमा अनुशासन र टिमवर्कको महत्वबारे प्रकाश पारेका थिए। उनले व्यस्त र चुनौतीपूर्ण सेवामा कार्यरत प्रहरी कर्मचारीहरूले आफ्नो मानसिक… पुरा पढौ

रोटरी क्लब अफ महाराजगञ्जद्वारा वृक्षारोपण, हरित वातावरण निर्माणमा जोड

काठमाडौं, साउन १७ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालन गरिएको ‘एक लाख वृक्षारोपण अभियान’ तथा विशेष वातावरण सप्ताह (साउन १० देखि १६ गते) को समापन अवसरमा रोटरी क्लब अफ महाराजगञ्जले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। क्लबले पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याएको हो। कार्यक्रममा अम्बा, कागती, एभोकाडो, रुद्राक्ष, कपूर, धुपीलगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोपिएका थिए। कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीको विशेष… पुरा पढौ