समाचार

गायक सविन श्रेष्ठको जीवन र संगीतको रंगीन अध्याय, सार्वजनिक गरे ‘बिहानीको किरण…’

काठमाडौं । गायक सविन श्रेष्ठले ‘बिहानीको किरण…’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र संगीत छ । गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ ।   बिहानीको किरण…’ सविनप्रतिको आशा र उनको संगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ । “संगीतले मलाई नयाँ जीवन दिएको… पुरा पढौ

बागलुङ बजारमा चाेरी गर्ने दुईजना पक्राउ

बागलुङ ,बागलुङ नगरपालिका वडा नम्बर २ समिट चाेकमा रहेको एक किनारा पसलबाट नगद चाेरी गरेर भागेका दुईजना ब्यक्ति पाेखराबाट पक्राउ परेका छन् । बागलुङ बजारमा रहेको मथुरा किराना पसलमा सामान खरिद गर्ने वहानामा प्रवेश गरि पसलको काउन्टर बाट नगद ३५ हजार चाेरी गरेर भागेका निसी खाेला गाउँ पालिका १ का २९ बर्षिय हुमबहादुर मगर ,३५ बर्षिय सुरज थापालाईवडा प्रहरी कार्यालयले बगरकाे समन्वयमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ परेका दुईजनालाई अनुसन्धानका लागि जिल्ला अदालत बागलुङमा चाेरी… पुरा पढौ

दुईवटा बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पर्वत जिल्ला कुश्मा नगरपालिका स्थित समग्र पाङकाे पहिचानका लागि सक्रिय रहँदै आएकाे पाङ युवा क्लबले कुश्मा नगरपालिका वडा नं. १ सिन्धाली प्रा वि र गणेश प्राथमिक बिद्यालयकाे वार्षिकोत्सबकाे अवसरमा शैक्षिक सामग्री वितरण गरेकाे छ । विद्यार्थीहरूकाे शैक्षिक अवस्था मजवुत बनाउने उद्देश्यले पढाइतर्फ प्राेत्साहन गराउन दुवै विद्यालयका करिब १००  विद्यार्थीलाई सामग्री वितरण गरिएकाे हाे । सिन्धाली प्राथमिक बिद्यालयका जेहेन्दार ५ जना, आर्थिक अवस्था न्यून भएका २ जना र गणेश प्रा वि का जेहेन्दार ४ जना तथा आर्थिक अवस्था न्यून भएका २ जनालाई… पुरा पढौ

छोरेपाटन माविको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा–१९ छोरेपाटनमा रहेको छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमहरु गरी मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्दै सरकारी विद्यालयहरु मध्ये छोरेपाटन माविले प्रगति गर्दै गएको र अझै अगाडि बढ्नुपर्ने कुरा बताए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगी, सल्लाहकार… पुरा पढौ

कार्साङ’को ट्रेलर दर्शकले रुचाए

काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ट्रेलर मुभी सेक्सनको दुई नम्बरमा छ । एक नम्बरमा सलमान खानको सिकन्दरको टिजर छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया युट्युबमा आइरहेको छ । दया र जितुको अभिनयको तारिफ गर्दै दर्शकले अब शेर्पा समुदायको कथा दर्शकले नजिकबाट नियाल्न पाउने बताइरहेका… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं ,पुस १९परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मन्त्री डा राणा शुक्रबार काठमाडौँस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाली जनता, नेपाल सरकार र आफ्ना तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँका परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो । पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय बर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन… पुरा पढौ

सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छः प्रचण्ड

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको हो । ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर व्यवहारमा कसले के गर्छ भन्ने महत्वपूर्ण हुन्छ । यसमा नियत र निष्ठा बढी महत्वपूर्ण हुने रहेछ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘के हामी भ्रष्टाचारका… पुरा पढौ

प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा

पोखरा,१९ पुष मंसीर २०८१ पर्यावरण, र मानवता संरक्षणमा केन्द्रित प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा शुरु हुदैछ। सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रतिनिधिहरु पोखरामा आउने क्रम चलिरहेको जनअभियानका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर घिसिङले जानकारी दिए। पोखराको नदीपुरस्थित थकाली समाजघरमा शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ भने वातावरणीय संरक्षण, दिगो विकास, र मानव जीवनका समकालीन चुनौतीहरूको समाधानका लागि नयाँ रणनीति तय गर्ने जनअभियानका पूर्व केन्द्रीय अध्यक्ष घिसिङले बताए।  उक्त सम्मेलनमा देशभरका करीब दुई सय… पुरा पढौ

श्री कृष्ण आधारभुत बिधालयको ६४ औँ वार्षिकोत्सव सम्पन्न

बागलुङ ,श्री कृष्ण आधारभुत बिधालयको ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रम बिच सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका पूर्व उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द सापकोटाको अध्यक्षता, शिक्षक जयभद्र सापकोटाको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बिधालयको आर्थिक प्रतिबेदन प्रधानाध्यापक दयाराम सापकोटा तथा शैक्षिक प्रतिबेदन शिक्षक घनश्याम रिजाल र स्वागत शिक्षक रेशम बहादुर के.सिले गर्नुभयो। कार्यक्रममा नगर शिक्षा अधिकृत पुर्ण बहादुर घर्ती, बागलुङ नगरपालिकाका पुर्ब वार्ड… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

काठमाडौं ,परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पूर्वराजदूत शाहको ९२ बर्षको उमेरमा आज बिहान निधन भएको हो । मन्त्री डा राणाले आज दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिनुभएको हो । परराष्ट्र सेवामा रहनुभएकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो । उहाँ नेपालको प्रथम महिला राजदूत हुनुहुन्छ । पुरा पढौ