समाचार

नवनिर्वाचित आत्रेय र ओझालाई लेखनाथ उद्योग वाणिज्य संघको बधाई तथा सम्मान

लेखनाथ, २६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न ६०औं निर्वाचनमा कार्यकारिणी सदस्य पदमा अत्यधिक मत प्राप्त गरी निर्वाचित संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय तथा गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ। कार्यक्रममा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा क्रमशः केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित भएको बताउँदै यसबाट संघको विगतदेखि नै… पुरा पढौ

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कर छुटको कानुनी व्यवस्था गर्न महासंघको आग्रह

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल ले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट हुने कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० जुलाई २८ मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा परिभाषित गरेको थियो। नेपालको संविधानको धारा ३५ को उपधारा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था मौलिक हकमै गरिएको छ। मानव अधिकारको प्रत्याभूति तथा संविधानले सुनिश्चित गरेको मौलिक हक कार्यान्वयनका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था/समितिहरूले गैरनाफामूलक… पुरा पढौ

महायज्ञमा पाण्डे दम्पतीको प्रेरणादायी सहयोग : वैवाहिक वर्षगाँठमा रु. ५४ लाखभन्दा बढी दान

पोखरा । आफ्नो वैवाहिक जीवनको ५९औँ वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै पोखरा–८, कास्की निवासी समाजसेवी तथा मानवताप्रेमी दम्पती हरि पाण्डे र श्रीमती तुलसा पाण्डेले मानवसेवा आश्रमद्वारा आयोजित “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा रु. ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । मानवसेवा आश्रम, पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजन सेवा अन्तर्गत १८ दिनको वार्षिक भोजन… पुरा पढौ

चलचित्र ‘महाराजधिराज’को भव्य शुभमुहूर्त सम्पन्न, २५ गतेदेखि छायांकन सुरु

काठमाडौं । चलचित्र ‘महाराजधिराज’को भव्य शुभमुहूर्त मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्खधुन र पञ्चेबाजासहित सम्पन्न गरिएको छ। बिहान ८ बजे सुरु भएको शुभमुहूर्तको पूजा ११ः११ बजेसम्म चलेको थियो। पूजामा प्रमुख कलाकार पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायत सहभागी भएका थिए। शुभमुहूर्तमा निर्देशक परिच्छेद सेनसहित अन्य कलाकारहरूको पनि उपस्थिति थियो। सेनले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन्। चलचित्रको छायांकन यही २५ गते सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ। सुनसरीमा एक हप्तासम्म छायांकन गरिनेछ भने बाँकी ७० दिन काठमाडौं, भक्तपुर र… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा रुग्ण तथा अधुरा आयोजनालाई प्राथमिकता दिन सरकारलाई आग्रह

पोखरा, बैशाख २२ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालित बहुवर्षीय अधुरा तथा रुग्ण आयोजनाहरूलाई प्राथमिकतासहित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। समितिको मंगलबार सम्पन्न ४८औँ बैठकले उक्त निर्णय गरेको प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न कारणले विगतका सरकारका वार्षिक बजेटमा परे पनि सम्पन्न हुन नसकेका करिब दुई दर्जन आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी निर्माणमा देखिएका अवरोधहरूको पहिचान गर्दै यथाशीघ्र सम्पन्न गर्ने गरी अगाडि बढाउन सिफारिस गरिएको छ।… पुरा पढौ

मानवसेवा आश्रमको महायज्ञ सुरु, उद्घाटनमै ८ लाख १९ हजार ८८ रुपैयाँ दान

पोखरा । मानवसेवा आश्रम पोखराद्वारा आयोजित १४औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ शनिबारदेखि सुरु भएको छ। पोखरा–२५ हेमजा स्थित आश्रम परिसरमा आयोजित महायज्ञको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा गलेश्वर धामका स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा गर्नुभयो। महायज्ञको पहिलो दिनमै श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति देखियो। उद्घाटनकै दिन दाताहरूले खुलेर सहयोग गर्दा ८ लाख १९ हजार ८८ रुपैयाँ दान संकलन भएको आश्रमले जनाएको छ। दानदातामध्ये पोखरा–२ विन्ध्यवासिनीका भिमराज रेग्मी र लक्ष्मी रेग्मी दम्पत्तिले मुक्तिनाथ धर्मशाला निर्माणका लागि ७ लाख रुपैयाँ… पुरा पढौ

‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध

काठमाडौं । निर्माणाधीन चलचित्र ‘महाराजधिराज’मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन्। केही दिनअघि अभिनेत्री पूजा शर्मालाई अनुबन्ध गरेको निर्माण टिमले आज अर्का कुशल अभिनेता सिटौलालाई पनि औपचारिक रूपमा अनुबन्ध गरेको हो। निर्माण टिमका अनुसार, सुशील सिटौला चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा देखिनेछन्। उनी नेपाली चलचित्र उद्योगका एक प्रतिभाशाली तर अपेक्षाकृत कम मूल्याङ्कन गरिएका अभिनेता मानिन्छन्। चलचित्रका लागि कलाकार अनुबन्ध गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जससँगै यसको कलाकार सूची थप सशक्त बन्दै गएको छ। यसअघि नै मुख्य भूमिकामा अभिनेता पुष्प खड्का… पुरा पढौ

पोखरामा वडास्तरीय खुला भजन प्रतियोगिता हुँदै, उत्कृष्टलाई आकर्षक पुरस्कार

पोखरा। लोकसंगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा वडास्तरीय खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ। मानवसेवा आश्रमको व्यवस्थापनमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपाल केन्द्रीय समिति, कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको हो। प्रतियोगिता २०८३ वैशाख २० गतेदेखि २६ गतेसम्म मानवसेवा आश्रम, पोखरा–२५, हेम्जामा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक समूहहरूले वैशाख १९ गतेभित्र टोली दर्ता गरिसक्नुपर्नेछ। कार्यक्रम दैनिक बिहान ९:०० बजेदेखि साँझ ४:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा वडास्तरका… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाका लागत साझेदारी योजनाको अनुगमन

पोखरा, १७ वैशाख जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा सञ्चालनमा रहेका लागत साझेदारीका योजनाहरूको अनुगमन गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकासँगको सहकार्यमा विभिन्न शीर्षकमा विनियोजित बजेटअन्तर्गत निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ। अनुगमन गरिएका योजनाहरूमा माछापुच्छ्रे गाउँपालिका–६ स्थित वडा कार्यालयको मर्मतसम्भार तथा कम्पाउण्ड निर्माण, बराह माध्यमिक विद्यालय भेडाबारीमा स्टेज निर्माण, कैलाश माध्यमिक विद्यालयमा पर्खाल निर्माण, वडा नं. ४ मा वडा कार्यालय तथा स्वास्थ्यचौकी मर्मतसम्भार, वडा नं. ३ स्थित शुक्लागण्डकी माध्यमिक विद्यालयको सभाहल निर्माण, मेघराज आधारभूत… पुरा पढौ

झिगुपाला सोसाइटीद्वारा विपन्न महिलालाई सिलाई मेसिन, खाना बनाउने मेसिन र फर्निचर सहयोग

बागलुङ । क्यानाडाको झिगुपाला सोसाइटीले आर्थिक रुपमा कमजोर महिलाहरुलाई आयआर्जनमा जोड्न व्यवसायीक सामानहरु सहयोग गरेको छ ।सोसाइटीले उक्त सामान इनर हुइल क्लब अफ बालाजु मार्फत प्रदान गरेको हो । क्यानाडाको भ्यानकुवरमा रहेको सोसाइटीले विगत चार वर्षदेखि विपन्न महिलाहरुलाई विभिन्न व्यवसायिक सामानहरु प्रदान गरि महिला र उनीहरुको परिवारको जिवनमा समृद्धि ल्याउन सहयोग गरि रहेको छ । क्लबले चार जना महिलालाई सिलाई मेसिन र तीन जना महिलालाई खाना बनाउने ग्यास चुल्हो मेसिन र फर्निचर प्रदान गरेको हो । डिएनआर ज्ञानु श्रेष्ठले महिला… पुरा पढौ