
बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न
काठमाडौं, असोज २६ लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन समारोह काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी र फर्स्ट भाइस गभर्नर विष्णुहरि फुयालले संयुक्त पदस्थापन समारोहमा लायन्सको नीति, विधि र परम्पराअनुसार नवनिर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गराउनुभएकाे थियोे

कार्यक्रममा रिजन चेयरपर्सन प्रेमराज नराल, क्लस्टर चिफ गोविन्दप्रसाद पाठक तथा जोन चेयरपर्सनहरू कमला शर्मा र प्रकाश पाण्डेसहित विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली
डिस्ट्रिक्ट सेक्रेटरी गणेश जिसी ट्रेजरर चुडामणिा सिलवाल चिफ एडभाइजर मीनराज काफ्ले पिआरआेइन चिफ सुरेन्द्र बाबु श्रेष्ठ ,मुना थापा
मिसन 1.5 चिफ महाप्रसाद पाण्डे श्रीकृष्ण मानन्धर लगायतका लायन्स लिडरहरूकाे बिशेश उपस्थिति रहेको थियो ।

समारोहमा लायन्सको मूल भावना ‘We Serve’ तथा ‘Leading with Purpose’ लाई आत्मसात् गर्दै सामाजिक सेवा, मानवीय सहयोग र समुदायको आवश्यकतामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

काठमाडौंको गोंगबुस्थित बीजी बैंक्वेटमा आइतबार आयोजित कार्यक्रममा बागमती एरियाअन्तर्गतका विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत गाेविन्द प्रसाद पाठक कार्यक्रम संचालन प्रेमराज नरालले गर्नुभएको थियो ।

लायन्स क्लब अफ मनमैजु ,लायन्स क्लब अफ राेजमरी लायन्स क्लब अफ हिमालय भिजन लायन्स क्लब अफतालबाराही लायन्स क्लब अफ न्यु राईजिङ स्टार लायन्स क्लब अफ स्टूपा लायन्स क्लब अफ,
र लियो क्लब अफ काठमाडौं मनमैजूका बर्ष २०२६/०२७ काे अध्यक्ष लगायतका मुख्य मुख्य पदाधिकारीलाई सपथ गराइएको थियोे ।












