काठमाडौंमा १६० जनाको निःशुल्क आँखा जाँच

-


     हिडन खबर    
     असाेज २५ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज २५ । लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले पूर्णदृष्टि तथा आँखा उपचार केन्द्रसँगको सहकार्यमा १६० जनाको निःशुल्क आँखा जाँच गरेको छ।

‘दृष्टि बचाऔँ, उज्यालो भविष्य बनाऔँ’ भन्ने नारासहित लायन्स इन्टरनेसनलको आह्वानमा ज्ञानकुञ्ज सेकेन्डरी स्कुलमा आयोजित शिविरमा विद्यार्थी तथा शिक्षकशिक्षिका गरी १६० जनाको आँखा परीक्षण गरिएको हो।

क्लबका सचिव लायन पुष्पाञ्जली वाग्लेको संयोजकत्वमा सम्पन्न शिविरमा डिस्ट्रिक्ट सचिव लायन गणेश जिसी, लायन महाप्रसाद पाण्डे, लायन मिनराज काफ्ले, क्लबका संस्थापक अध्यक्ष लायन राजनप्रसाद काप्री, लायन इन्द्र भट्ट, लायन किरण थापा र लायन नेत्रनाथ पोखरेललगायत लायन्सका अगुवा तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, स्वास्थ्यकर्मी, क्लबका पदाधिकारी तथा सदस्य र अन्य सहयोगीप्रति क्लबले आभार व्यक्त गरेको छ।
क्लबका अध्यक्ष लायन रुपेश रोकाहा र सचिव लायन पुष्पाञ्जली वाग्लेले आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

मोबाइल, कम्प्युटर तथा ल्यापटपजस्ता विद्युतीय उपकरणको अत्यधिक प्रयोग र धुवाँधुलोलगायत वातावरणीय प्रभावका कारण आँखाको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले नियमित आँखा परीक्षण र सचेतना आवश्यक रहेको सन्देश पनि कार्यक्रमले दिएको छ।

आँखाको सुरक्षा र दृष्टि संरक्षणलाई प्राथमिकता दिँदै यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गर्न सके समुदायमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने सेवाभावका साथ क्लबले ‘We Serve’ अर्थात् मानव सेवाको अभियानलाई निरन्तरता दिएको जनाएको छ। कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालका लिडरहरूकाे पनि आँखा चेकजाँच गरिएको थियो ।